Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

१७ वर्षकी शाहरुख कि छोरी सुहाना कति हजारको टि–सर्ट लगाउँछिन ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक १७ शुक्रबार |
newsabhiyan
newsabhiyan

मुम्बई (एजेन्सी)।  बलिउड सुपरस्टार शाहरुख खानको छोरी सुहाना यतिबेला निकै चर्चामा छिन्।

१७ वर्षकी सुहाना आफ्नो ग्लामर शैलीका कारण प्रायः चर्चामा आइरहन्छिन्। उनको ब्रान्डेड र महंगो लुगाको पनि चर्चा हुने गरेको छ।

मुम्बईमा धीरुभाई अम्बानीको स्कुलबाट १० कक्षाको पढाई सकेर लन्डनमा पढ्दै गरेकी सुहाना ग्य्राजुएसन सकेर बुवा जस्तै फिल्ममा प्रवेश गर्न चाहन्छिन्।

विहिबार शाहरुखको ५२ औं जन्मदिनको दिन उनी नयाँ पोसाकमा देखा परिन्। जुन पोसाकको अहिले चर्चा भइरहेको छ। उनी गिभेन्ची ब्रान्डको टि–सर्टमा देखा परेकी थिइन्।

हेर्दा निकै सस्तो देखिने यो टि–सर्टको दाम सुनेर जो कसैलाई अचम्म लाग्न सक्छ। सुहानाले लगाएको टि–सर्टको दाम १०–२० हजार नभएर पुरै ५० हजार २ सय १९ रुपैयाँको थियो।

उनी यसअघि पनि आमिर खानको फिल्म ‘सीक्रेट सुपरस्टार’ हेर्न ६४ हजार रुपैयाँ पर्ने गिउसेप जानोटी ब्रान्डको जुत्ता पहिरिएर हल गएकी थिइन्। 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan