Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पुर्व राष्ट्रपति यादवको घर भाडा तिर्न दिल्लीबाट एक युवाले पठाए चन्दा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २१ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं ,२१ कार्तिक । पूर्व राष्ट्रपति डा.राम्बरण यादवको घर भाडा प्रकरणको ब्यङ्गयात्मक बिरोध सुरु भएको छ । 

भारतको नयाँ दिल्लीमा बसोवास गर्दैआएका एक यूवकले उनको घरभाडामा सहयोग होस् भन्दै चेक मार्फत चन्दा सहयोग पठाएका छन् ।

पछिल्लो पटक डा. यादव बस्ने घरका घरधनीले घर खाली गर्न एक दैनिक पत्रिकामा विज्ञापन नै छापेर १५ दिने अल्टिमेटम दिएपछि भाडाबारे चर्चा फैलिएको हो ।

पूर्व राष्ट्रपति यादवलाइृ घर भाडा तिर्न सहयोग होस् भन्दै भारतको दिल्लीमा बस्दै आएका उमेश कुमार साहले पूर्व राष्ट्रपति डा. यादवको नाममा एक हजारको चेक पठाएका हुन् ।

उनले राष्ट्रपतिको घर भाडा तिर्नका लागि चन्दा उठाउन सर्वसाधारणहरुलाई आग्रहसमेत गरेका छन् ।

साहले भारतीय स्टेट बैंकको एक हजारको चेक पठाउँदै अन्य मधेशी, आदिवासी, जनजाति, थारु र मुस्लिमहरुलाई पनि सहयोग गर्न आग्रह समेत गरेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan