Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सनी जस्तै अब यी पोर्नस्टार सुन्दरीले बलिउडमा खेल्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २१ मंगलबार
newsabhiyan
newsabhiyan

सनी लियोनी पोर्न उद्योग हुँदै अहिले बलिउडमा छिरेकी छिन् । उनलाई बलिउडसम्मको यात्रामा ‘बिग बोस’ले सघायो । बिग बोसमा सहभागी हुन भारत आएकी उनी बलिउडमा जमिन् ।

अहिले सनीकै पदचिन्ह पच्छ्याउँदैछिन्, मिया खलिफा ।रोचक त के छ भने उनै मिया खलिफाले भारतीय फिल्म उद्योगमा प्रवेश गर्दैछिन्, सनीले जस्तै । खासमा उनी मलयालम फिल्मबाट इन्ट्री गर्ने चर्चा छ । उनले अभिनय गर्ने फिल्मको नाम हो, चंक्ज २ : द कन्क्लुजन । यो चंक्ज फिल्मकै सिक्वेल हो ।

केही समयअघि हल्ला थियो, मिया खालिफा ‘बिग बोस’ मा सहभागी हुँदैछिन् । तर, त्यो हल्ला हल्लामै सीमित रह्यो । अहिले अर्को चर्चा छ, उनी भारत आउँदैछिन् । यही चर्चाले ग्ल्यामर मिडिया तताएको छ । यसका निर्देशकले भने अनुसार, मियाले उक्त फिल्ममा खेल्ने पक्कापक्की भइसकेको छ । उनी फ्लोरिडामा बस्छिन् । उनले फेब्रुअरी २०११ म एक अमेरिकी युवासाग विवाह गरेकी थिइन् ।

मियाले २०१४ बाट पोर्न उद्योगमा पाइला राखेकी हुन् । यसअघि उनी एक रेष्टुरेन्टमा काम गर्थिन् । मिया लेबनानमा जन्मिएकी हुन् । पछि उनी परिवारसहित अमेरिका बसाइँ सरेकी थिइन् ।

अमेरिकामा उनी स्थानीय फास्ट फुड क्याफेमा काम गर्थिन् । त्यही बेला एक ग्राहकले उनलाई पोर्न उद्योगमा काम गर्नका लागि अफर गरेका थिए ।

लेबनानी भएका नाताले उनले सुरुमा केही विवादको सामना गर्नुपर्‍यो । मिया लेबनानमा बस्दिनन् । तर, उनले अफ्नो हातमा लेबनानको नामको ट्याटु खोपाएकी छिन् । यसले उनले आफ्नो देशको नाम दुरुपयोग गरेका आरोप पनि लाग्ने गरेको छ । १८ वर्षको उमेरमा उनले एक अमेरिकी युवासँग विवाह गरेकी थिइन् । (एजेन्सी)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan