Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भुकम्प पीडितले सामुुहिक जमानीमा तीन लाख रुपैयाँ ऋण पाउने (पत्र–सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २२ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २२ कार्तिक । भुुकम्प पीडितहरुले सामुुहिक जमानीमा तीन लाख रुपैयाँ निव्र्याजी ऋण पाउने भएका छन् । नेपाल राष्ट्र बैैंकले भुकम्प पीडितहरुलाई आवास निर्माणको लागि सामुुहिक जमानीमा निव्र्याजी ऋण दिन बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स कम्पनी र लघुबित्त संस्थालाई निर्देशन दिएको छ ।

मन्त्रीपरिषदको २०७४ बैशाख २९ गतेको निर्णय अनुसार भुकम्प पीडितहरुको घर निर्माणको लागि सामुुहिक लगानीमा निव्र्याजी ऋण उपलब्ध गराउने कार्यबिधी २०७४ स्वीकृत भईसकेकोले राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ बमोजिम सामुुहिक जमानीमा निव्र्याजी ऋण दिन निर्देशन दिएका हौं, राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकका अनुसार भुकम्प पीडितलाई निव्र्याजी रुपमा ऋण दिने कर्जाको अधिकतम सिमा तीन लाख रुपैयाँ हुुने छ । यस्तो कर्जा ऋणी तथा निजको परिवारमा बस्न योग्य आवासीय भर नभएको एवं नेपाल सरकारले जारी गरेको भुकम्प पीडित परिचय पत्र भएको अवस्थामा मात्र उपलब्ध गराईने कार्यबिधीमा उल्लेख छ ।

बैंक तथा बित्तीय संस्थाले उर्पयुक्त बमोजिमको कर्जामा कुुनै पनि किसिमको व्याज लिन नपाउने र सामुहिक जमानीमा निव्र्याजीरुपमा प्रदान गरिने कर्जाको अनिवार्यरुपमा कर्जा सुरक्षण निगमबाट सुरक्षण गरिएको हुुनुुपर्ने व्यवस्थामा उल्लेख छ ।

निव्र्याजीरुपमा प्रदान गरिने कर्जाको भुक्तानी समय बढीमा तीन देखि पाँच बर्षको हुुने छ । बैंक तथा फाईनान्स कम्पनीहरुले सरल, सहज र छरितो ढंगबाट यस्तो कर्जा प्रदान गर्नुुपर्ने, यस्तो कर्जाको लागि जानकारी दिनको लागि छुुट्टै गुुनासो सुुुनुुवाई समिती गठन गर्नुुपर्ने उल्लेख छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan