Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारतीय राजदूतको शरण: कालो छायाँबाट उम्कन माफी माग्दै प्रचण्ड,एमाले कार्यकर्ताहरु चिन्तामा

आततायी र घिनलाग्दो घटना

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २३ बिहिबार
newsabhiyan
newsabhiyan

‘प्रचण्ड'ले बाटो छाडेकै हुन्, माओवादी सेनाका पूर्वकमाण्डरले दिए यस्तो चुनौती
काठमाडौं । वाम गठबन्धन बनाउन एमाले र माओवादी केन्द्रलाई जुन शक्तिले दवाव दिएको थियो अहिले त्यो शक्ति ब्याक हुने अवस्थामा पुगेको छ । एमालेका अध्यक्ष केपी ओलीको व्यक्तिवादी चरित्र र आर्थिक विषयमा देखिएको अपारदर्शिताका कारण त्यो शक्ति हच्किएको टिप्पणी हुन थालेको छ । केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ नेताहरूले वाम गठबन्धन बनाउन दबाब दिएका थिए ।

चीनका उपप्रधानमन्त्री नेपाल भ्रमणका बेला होटेल सोल्टीमा भएको गोप्य भेटवार्ताका बेला चिनियाँ पक्षले एमाले र माओवादी केन्द्रलाई वाम गठबन्धन बनाएर निर्वाचनमा जान दबाब दिएको थियो । चीनको उच्चस्तरीय त्यो टोलीले ओलीमार्फत निर्वाचन खर्च दिने आश्वासन दिएको थियो । आश्वासन अनुसार चीनबाट पैसा पनि आयो ।

तर, त्यो पैसा एमाले र माओवादी केन्द्रले बराबरी भागबण्डा लगाउने पूर्वसहमतिलाई तोडेर ओलीले कत्ति पनि खर्च नदिएको स्रोतको भनाई छ । ओलीले खर्च नदिएपछि रिसाएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फेरि भारतको शरणमा पुगेको स्रोतको दावी छ । चार दिन अगाडि प्रचण्ड भारतीय राजदूत मनजिभसिंह पुरीलाई भेट्न लैनचौरस्थिात भारतीय राजदूतावास पुगेको स्रोतले जनाएको छ ।

त्यो भेटमा प्रचण्डले चीनको दवावमा एमालेसँग मिल्न पुगेको भन्दै निर्वाचन खर्च सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा राजदूत पुरीले दुई सर्त राखेको स्रोतको भनाई छ । राजदूत पुरीले कि वाम गठबन्धन छाड्नु पर्ने या निर्वाचनपछि एमालेको साथ छाडेर कांग्रेससँग मिलेर सरकार बनाउनुपर्ने प्रस्ताव राखेको स्रोतको भनाई छ । जवाफमा प्रचण्डले निर्वाचनको मुखमा आएर एमालेलाई धोका दिन नसक्ने तर, निर्वाचनपछि कांग्रेससँग सहकार्य गरेर अगाडि बढ्न आफू तयार रहेको आश्वासन दिएका छन् ।

त्यसपछि भारतीय राजदूत पुरीले प्रचण्डलाई निर्वाचन खर्च स्वरुप २ सय ५० करोड रुपियाँ दिने बचन दिएका स्रोतको भनाई छ । प्रचण्ड भारतीय राजदूतावास पुगेर निर्वाचन खर्च मागेको थाहा पाएपछि एमालेका अध्यक्ष ओली सशंकित हुन पुगेका छन् । त्यसको प्रतिक्रिया स्वरुप ओली–प्रचण्डले गर्ने भनिएको संयुक्त चुनावी सभाको कार्यक्रम प्रभावित भएको छ ।

अब ठूला चुनावी कार्यक्रम हुने छैनन् । साना चुनावी सभाहरूलाई उनीहरूले सम्बोधन गर्ने छन् । प्रचण्डलाई नलगेर ओलीले ताप्लेजुङमा एक्लै चुनावी सभा गरेर एमालेका शक्ति देखाएका छन् । सोही कारणले पनि अब एमाले र माओवादी केन्द्रबीचको सम्बन्ध धेरै दिन अगाडि नजाने हो कि भनेर एमालेका नेता प्रदीप नेपालले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा खुलासा गरेका छन् । नेता नेपालले माओवादी र कांग्रेस फेरि मिल्ने तथा एमाले एक्लिने पक्का रहेको बताएका छन् ।

कालो छायाँबाट उम्कन माफी माग्दै प्रचण्ड

चितवन । कहिले भावनामा बगेर रुने त कहिले हाँसेर जनतालाई आफ्नो पक्षमा तान्न माहिर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन माडीका जनतासँग माफी मागेर आफ्नो नयाँ छेपारे प्रवृति देखाएका छन् । राजनीतिको दाउ पेच मिलाउन जान्ने चतुर खेलाडीका रुपमा परिचित छन् प्रचण्ड । १२ वर्ष पछि खोलो पनि फर्कन्छ भने भैm २०६२ जेष्ठ १८ गते माडीस्थिति बाँदरमुढेमा एम्वुस विस्फोट गराउँदा ४३ जना निर्दोष जनताको ज्यान गएको थियो भने दुई दर्जन बढी अंग भंग ९घाइते० भएको घटनालाई अहिले उनले नै कोट्याउने प्रयास गरेका छन् ।

उक्त घटना अत्यन्तै निकृष्ट, आततायी र घिनलाग्दो घटना भएको भन्दै संसारभर माओवादीको तिखो आलोचना भएको थियो । माओवादी सशस्त्र युद्ध अन्त्य भएपछि यो अवधिमा ३ पटक सत्तामा पुगे पनि बाँदरमुढे घटनाका पीडितहरुले राहत क्षतिपूर्ति पाउन सकेका छैनन् । आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा चुनावमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनको क्षेत्र नं। ३ मा चुनाव लड्न उम्मेदवारी दिएका छन् ।

उनले उम्मेदवारी दिएको क्षेत्रमा माडी क्षेत्र पनि पर्ने र बाँदरमुढे घटनाका कारण आफू संकटमा पर्ने देखेपछि त्यसवाट मोचन पाउन पिडित परिवार लगायतका मतदाताहरुसँग माफी मागेका छन् । अवसरवादी चरित्र वोकेका पात्र प्रचण्डलाई आफ्नो स्वार्थ पूर्ति गर्न बाँस झै नुगेर माफी माग्न कुनै लाज लाग्दैन । छिन मै भावकु भएर आँसु झार्न पनि सक्ने, छिनमै कठोर भएर माइन जस्तै विस्फोट हुन जान्ने सत्ता राजनीतिका खेलाडी प्रचण्ड चितवन ३ बाट चुनाव जित्न जे पनि गर्न तयार छन् ।

छोरीलाई चुनाव जिताउन राज्यकोषको दोहन गरेको आरोप लागेका प्रचण्ड आफ्नो जितका लागि पनि साम, दान दण्ड भेद सबै नीति प्रयोग गर्न सक्ने मुडमा प्रस्तुत भइरहेका छन् । जनतालाई झुक्याउदै आफ्नो प्रभावमा पार्न बाँदरमुढे घटनाका दोषीलाई कारवाही गर्ने र पीडितलाई राहत दिन भन्दै झुटको पुलिन्दा बोकेर चितवन झरेका छन् प्रचण्ड । चितवनका जनता सचेत छन् । १२ वर्ष देखि पिडामा पिल्सिएका जनताहरु उनको फोस्रो आश्वासनबाट झुक्किने अवस्थामा छैनन् । दशक अघि देखि चितवनबाट फरार प्रचण्ड सत्तामा जाने भ¥याङ खोज्दै चितवन पुगेका धेरैको ठम्याई छ ।

  छोरी रेणु दहाल भरतपुर महानगर प्रमुख भएका कारण त्यहाँको स्रोत साधन दुरुपयोग गर्ने दाउमा लागेका प्रचण्ड गठवन्धन गरेपछि आफैले सिध्याएका चितवनका लोकप्रिय नेता देवी ज्ञवाली समेतलाई दण्डवत गरेर आफ्नो कित्तामा ल्याउन सफल देखिएका छन् । तर, प्रचण्ड भने बाँदरमुढे घटनाका दोषीलाई सत्य निरुपण तथा मेलमिलाप आयोगले जुनसुकै कारबाही गरे पनि स्वीकार गर्ने बताएर भोट माग्दै हिंडेका छन् । यहि समयमा पीडित जनताहरुले विज्ञप्ती नै निकालेर प्रचण्डलाई पुरानो घाउ नकोट्याउन चेतावनी दिएका छन् । जस्तो सुकै गठवन्धन भएपनि चितवनवासीहरु हिजोको मुटु चुडाउने पीडा भुल्ने पक्षमा छैनन् । नियत सफा थियो र गल्ती महसुस भएको थियो भने १२ वर्षसम्म कहाँ गएका थिए प्रचण्ड रु पिडितका आफन्तहरुले तेस्र्याएको यो प्रश्नको उत्तर दिने नैतिक हिम्मत प्रचण्डसँग छैन । त्यसो त बुथ कब्जा गरेर भए पनि प्रचण्डले चितवनमा चुनाव जित्ने सपना पनि देखेका छन् ।

  स्थानीय निर्वाचनमा छोरी रेणु दाहाललाई मेयरमा जिताउन एसपी दिपक थापा मार्फत मतपत्र च्यात्न लगाई पुनः निर्वाचन गराएर पैसाको खोलो बगाएका थिए । त्यतिबेला नेपाली कांग्रेससँग मिलेका प्रचण्ड अहिले भने एमालेसँग मिलेर चितवनमा बुथ कब्जा गर्नेसम्मको योजना बुन्न थालेको कांग्रेस कार्यकर्ताहरु बताउँछन् ।

२४ घण्टा नै मदिरा पिएर लठ्ठिएर हिड्ने राप्रपा चितवनका अध्यक्ष बद्रि तिमिल्सिनालाई ५० लाख खर्च गरी पार्टीमा भित्र्याएपछि प्रचण्डले नयाँ फण्डा फाल्दै भनेका छन्–‘तिमिल्सिना साहसिक व्यक्ति हुन्, दुई दिनमै त्यसको असर देखिसकेको छ ।’

तर, चितवनबासीहरुलाई तिमिल्सिनाको हैसियत र प्रचण्डको चुनावी माहोलको बारेमा राम्रोसँग जानकारी रहेको कांग्रेस र राप्रपाका केही नेताहरु बताउँछन् । प्रचण्ड एमालेसँगको गठवन्धनको बलमा चितवन ३ पुगेका छन् । मत पत्र च्यातेर कपट पूर्ण हार वेहोरेका देवि ज्ञवालीलाई ओली जाप मन्त्र लगाएर भएपनि आफ्नो कित्तामा ल्याएका कारण प्रचण्ड वढी हौसिएका छन् ।

  तर, द्धन्द्धकालको नृशंस घटनाको कालो छायाँवाट चितवन बासीहरुको सातो फर्कन सकेको छैन । देवी ज्ञवाली र ओलीको कपटी पासा र प्रचण्डको रुन्चे भाषावाट यसपटक जनताको आँखामा छारो हाल्न सक्ने अवस्था छैन । टुरिष्ट नेता जो वर्षमा एक पटक भाषण गर्न मात्र गाउँ फर्कन्छन् उनीहरुवाट जनताले न्याय अनुभूति गर्न सक्दैनन् । चितवनको ३ नम्बर क्षेत्र यस अघि पनि विक्रम पाण्डे एक्लैले जितेको निर्वाचन क्षेत्र हो । पाण्डे स्थानिय लोकप्रिय नेता मानिन्छन् ।

  जनताका सुख दुःख र विकास निर्माणमा सकृय उनलाई यसपटक नेपाली कांग्रेसको साथ छ । यो चुनावमा मत पत्र च्यातेनन् भने प्रचण्डलाई चुनाव जित्न फलामको च्यूरा बन्न सक्छ । एमालेका शिर्ष नेताले गरेको माओवादीसँग तालमेल इमान्दार छविका एमाले कार्यकर्ताहरु स्वयमलाई चित्त वुझेको छैन ।

वाम गठवन्धनकै भोट क्रस भएर विक्रम पाण्डेले पाउने चितवनका वुद्धिजिवीहरुले आंकलन गरेका छन् ,यूनाइटेड पोस्टमा खबर छ । सत्ता स्वार्थ र व्यक्तिगत लाभहानी वाहेक यो गठवन्धन चितवनमा असफल हुने अवस्था रहेको छ ।  

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan