Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चल्यो नयाँ आईजिपीको दौड: सर्वेन्द्र काममा सक्रिय,रमेश ट्वाल्ल !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २४ शुक्रबार
newsabhiyan
newsabhiyan

छायाचन्द्र भण्डारी, काठमाडौं । डिआईजी रमेश खरेल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनबाट फर्किए । उनको आगमनसँगै भावी आइजीपीको नेतृत्वका लागि आन्तरिक दौड चलेको छ ।

राष्ट्रसंघ अन्तरगत सुडानमा कार्यरत खरेल प्रचार गर्दै राजधानी ओर्लिए । निरन्तर जनताको काममा खटिएका सर्वेन्द्र खनालको कामदेखे खरेल एकाएक ओर्लिएकाहुन्,हेडक्वाटरमा चर्चा छ ।

सुडान मिसनमा उनको ६ महिना अवधि बाँकी नै थियो । तर, नयाँ आईजिपीका लागि दौडधुप सुरु भइसकेकाले उनले बीचमै मिसन छाडे समाचार स्रोत भन्छ ।

खरेल भावी आईजिपीमा बलिया प्रतिस्पर्धी हुन् भन्ने गरिएको छ । पछिल्लो समय जनताका काममा निरन्तर खटिएका सर्वेन्द्र खनाललाई उनका ब्याचीहरुले भेट्न गाह्रो छ,प्रहरी हेडक्वाटरका एक उच्चअधिकारी भन्छन् ।

अहिलेकै ऐन-नियम अनुसार आगामी चैतको अन्तिमबाट अहिलेका आईजिपी प्रकाश अर्यालसहित सबै एआईजीले अवकाश पाउनेछन् । त्यो अवस्थामा सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की ,उत्तम कार्की लगायतका डिआईजीहरु मध्ये एक आईजिपी हुने छन् ।

आईजिपीका लागि पछिल्लो ३ बर्षको कार्य सम्पादन मुल्यांकनका आधारमा छनोट गरिन्छ । सर्वेन्द्र खनाल निरन्तर संगठन र जनताको काममा सक्रिय छन् । बढुवा सूचीको एक नम्बरमा सर्वेन्द्र खनालको काविलताका बारेमा सर्वत्र चर्चा समेत छ ।

 दोश्रो नम्बरमा डिआइजी रमेश खरेल कुनैबेला निकै चर्चामा थिए । मिटर ब्याजका कारण उनी विवादस्पद प्रहरी अधिकारीमा दर्ज भएकाछन् । उनको आडमा श्रीमतीले मिटर ब्याजमा रकम लगाउदैँ पैसा असुल्ने गरेको आरोप छ ।

त्यसैगरि तेस्रो बरियातामा पुष्कर कार्की रहेकाछन् ।  चौथोमा उत्तम कार्की, पाचौंमा भोगबहादुर थापा, थापा पनि विवादस्पद प्रहरी अधिकारी हुन् । छैठौंमा पुष्कल रेग्मी, सतौंमा पवन खरेल, आठौंमा छविलाल जोशी रहेकाथिए । जोशीलाई प्रहरी संगठन भित्र रकमी प्रहरी अधिकारीको रुपमा चित्रण गरिन्छ ।

नवौंमा मनोज न्यौपाने, १०औँ ज्ञान विक्रम शाह, ११औँ ठूले राई, १२ औँ शरद चन्द, १३ औँ धिरु बस्नेत, १४ औँ पुष्पचन्द्र रञ्जित र १५ औंमा सुरेश विक्रम शाह बढुवा भएका थिए ।

आईजिपीको दौडसँगै प्रहरी भित्र सर्वेन्द्रको कार्य क्षमताका बारेमा निरन्तर प्रसंशा छ । उनको प्रसंशा देखेर रमेश खरेल लगायतका डिआईजीहरु ट्वाल्ल परेकाछन् ।

त्यसो त संगठन प्रति इमान्दार चरित्र र लगाव हेरेर आइजीपी छान्ने हो भने सर्वेन्द्र निकै अगाडिछन् । डिआइजीको बढुवा सूचिमा ८४ दशमलब ४७३४ अंकसहित खनालको बढुवा १ नम्बरमा गरेको थियो । दोस्रो नम्बरमा रमेशप्रसाद खरेल बढुवा भएका हुन । उनलाई ८३ दशमलब ८५१० अंक दिइएको थियो ।

आइजीपी नियुक्तीमा  पछिल्ला २,३ बर्षको निकै मुल्यांकन हुने भएकाले पहिलो नम्बरमा रहेका खनाल निरन्तर संगठन र जनताको काममा अग्रपंतिmमा देखिएकाछन् ।

उता खरेलसँगै आइजीपीको रेसमा नारिएका खरेल भरतपुर तालिम केन्द्रको नेतृत्व लिँदै गर्दा विवादमा परेका थिए भने संयुक्त राष्ट्रसंघीयको शान्ति मिसनबाट भर्खर स्वदेश फर्किएका प्रहरी अधिकारी हुन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan