Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मिस लिम्बूका प्रतियोगीले यसरी देखाए आफ्नो प्रतिभा (फोटो फिचर, भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २४ शुक्रबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं । लिम्बू समुदायका युवतिहरुको व्यक्तित्व विकास र संस्कार संस्कृतिप्रति सजग र जागरुक गराउने उद्देश्यले सुरु भएको मिस लिम्बूको पाँचौं संस्करण ‘सिंगापुर इन्टरप्राईजेज मिस लिम्बु ५’का प्रतिष्पर्धीहरुले आफुमा भएका प्रतिभा प्रस्तुत गरेका छन् ।

काठमाडौंको हात्तिसारस्थित नर्भिक बिजनेस कलेजमा शुक्रबार आयोजीत ट्यालेन्ट शोमा उनिहरुले नृत्य, अभिनय, पेन्टिङ, मन्तव्य लगायतको प्रस्तुति प्रदर्शन गरेका थिए ।

१४ प्रतिष्पर्धीको प्रतिभा प्रदर्शन कार्यक्रममा भाषाविद् यासेली योङहाङ, अध्यापक तारामान रावल, पत्रकार गोपाल दाहाल, मोडल विपना थापा, जुम्बा इन्स्ट्रक्टर दिलिप साउद र गायक रुकमान लिम्बु निर्णायक रहेका थिए ।

यसपटकको मिस लिम्बुमा नुमा कुरुम्बाङ, अविसा फुदोङ, रक्षा ओख्राबु, मेनुका साउदेन, सुस्मिता पालुङ्वा, सनम पयाङ्गु, पुष्पा इम्सङ, मधु खेवा, वर्षा थेवे, सवनम साँवा, रमुना थेवे, सरिता पन्धाक, रितु वनेम र सन्ध्या तुम्बाहाङ्फे सहभागी छन् । उनिहरुलाई कोरियोग्राफर कला सुब्बाले तालिम दिईरहेकी छिन् ।

याक्थुङ युथ एसोसिएसनको आयोजनामा भएको कार्यक्रमको संयोजकमा गायक भीम लिम्बु र उद्घोषिका, समाजसेवी याङजोम शेर्पा रहेका छन् । 

मंसीर ४ गते सोमबार फाइनल हुने मिस लिम्बूका विजेताले नगद १ लाख, फस्टरनरअपले ५० हजार र सेकेन्डरनरअपले २५ हजारसहित विभिन्न उपहारहरु प्राप्त गर्ने एसोसिएसनका अध्यक्ष विश्व लिम्बु साम्याङखामले बताए । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan