Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पर्यटनमन्त्रीसहित तीन जनालाई स्पष्टीकरण

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २५ शनिबार
newsabhiyan

काठमाडौँ, २५ कात्तिक (रासस) : निर्वाचन आयोगले सरकारी सवारी साधनको दुरूपयोग गरी सप्तरीस्थित सार्वजनिक विद्यालय परिसरमा आयोजित नेपाली काँग्रेसको चुनावीसभामा प्रमुख अतिथिका रूपमा सहभागी भई निर्वाचन आचारसंहिता उल्लंघन भएको जनाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेबापत किन कारबाही नहुनुपर्ने हो भनी मन्त्री देवसँग २४ घण्टे स्पष्टीकरण माग गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

आयोगले काँग्रेस सप्तरीका सभापति एवं नेपाली काँग्रेसका तर्फबाट सप्तरी जिल्ला क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिनेशकुमार यादवलाई सार्वजनिक विद्यालय परिसरमा चुनावीसभा तथा भोजभतेरको आयोजना गरेको भनी २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्ने निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेबापत किन कारबाही नहुनुपर्ने हो भनी यादवसँग स्पष्टीकरण माग गरिएको जनाइएको छ ।

सभापति यादवलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ, “निर्वाचन आचारसंहिता लागू भइरहेका अवस्थामा सार्वजनिक विद्यालय परिसरमा चुनावीसभा तथा भोजभतेर आयोजना गरिएको कार्य निर्वाचन आचारसंहिताविपरीत भएको देखिँदा निर्वाचन आचारसंहिता उल्लंघन गरेबापत तपाईंलाई कारबाही किन नहुनुपर्ने हो ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरिन्छ ।”

आयोगले सप्तरीको खुरहुरियास्थित जनता माविका प्रअ सूर्यनारायण यादवलाई पनि सार्वजनिक विद्यालय परिसरमा चुनावीसभा तथा भोजभतेरको आयोजना गरिनु निर्वाचन आचारसंहिताविपरीत देखिएको जनाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan