Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रोमीलाई प्रेमको चेतावनी ! रातको १२ बजे केके गर्नुभो भण्डाफोर गर्दिउँ ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २६ आइतबार
newsabhiyan
newsabhiyan

काठमाण्डौ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको मुस्ताङ जिल्लामा नेपाली काग्रेसका रोमी गौचन थकाली र वाम गठबन्धनका उम्मेदवार प्रेमप्रसाद तुलाचन प्रतिस्पर्धामा उत्रिएका छन् । दुवै उम्मेदवारसँग नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि कुराकानी गरिएको छ ।

कुराकानीका क्रममा कांग्रेसका उम्मेदवार रोमी गौचन थकालीले विगतमा आफूले मुस्ताङ जिल्लाबासीलाई गरेको सेवा र विकास निर्माणका कामले नै यसपटक विजयी गराउने दाबी गरेका छन् ।

कठिनकालमा पनि प्रजातन्त्र जोगाउनका लागि आफूले गरेको संघर्षलाई जनताले सम्मान गर्ने विश्वास थकालीले लिएका छन् । विकास निर्माणका सवालमा मुस्ताङ जोमसोम कोरला सडक निर्माणलाई साकार बनाउने अभियानमा आफू रहेको थकालीले जानकारी दिए ।

नेपालमा भित्रिएका संचार सेवालाई दुर्गम जिल्लामध्ये मुस्ताङमा आफूले सबैभन्दा पहिला भित्र्याएको दाबी थकालीले गरेका छन् । मुस्ताङमा स्वस्थ चुनावी प्रतिस्पर्धा हुने विश्वास गर्दै थकालीले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचन पारिवारिक सम्बन्धका व्यक्ति भएको जानकारी दिए । “हामी एकाघरका मामा छोरा र फुपूका छोरा हौँ । नाता आफ्नो ठाउँमा छ । हामी राजनीतिक लडाईमा छैनौँ । प्रतिस्पर्धामा छौँ ।” थकालीले भने ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा भाग लिएका कम्युनिष्ट पार्टीहरु गलत बाटोमा नजाने विश्वास गर्दै थकालीले मुस्ताङमा आफूहरुविच वैमनश्यता नहुने दाबी गरेका छन् ।

तर बाम गठबन्धनका उम्मेदवार तुलाचनले भने थकाली मिठो बोली बोल्नमा माहिर भएको भन्दै कटाक्ष गरेका छन् । २०७० सालको चुनावमा आफूले नेपाली कांग्रेसको विरुद्ध बागी उम्मेदवार दिएको स्मरण गराउँदै थकालीले भनेजस्तो स्वस्थ प्रतिस्पर्धा नहुने संकेत गरे ।

कोरला नाका निर्माणका सम्बन्धमा दुई नेताबिच आरोप प्रत्यारोप भएको छ । थकालीले आफ्नो पहलमा नाका बनेको भन्ने कुरालाई तुलाचनले खण्डन गरेपछि थकाली त्यसको प्रतिवादमा उत्रिए ।

थकालीले आफ्नो शीष्ट भाषालाई कमजोर नठान्न चेतावनी दिए । कसले विकासका काम ग¥यो भन्ने विषयमा गलत व्याख्या नगर्न आग्रह गर्दै थकालीले चेतावनी समेत दिए । यद्यपी निर्वाचनका बेला स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने स्मरण गराउँदै थकालीले तुलाचनलाई सचेत गराए ।

“तपाईले जित्नुभयो भने मेरो पनि तपाई सासंद हो । मैले जिते भने म पनि तपाईको सासंद हुँ । अहिले अनावश्यक कुरा नगरौँ ।” थकालीले भने । तुलाचनले भने ७० सालमा चुनाव जितेका थकालीले केही काम गर्न नसकेको आरोप लगाउँदै अबको चुनावमा आफूले जित्ने दाबी गरे ।

“७० सालमा निर्वाचन भएपछि यही वर्ष सम्पन्न स्थानीय निर्वाचनमा रातको १२ बजे विकासका योजना लिएर आउनुहुन्छ । अरुबेला केही गर्नुभएन ।” तुलाचनले आरोप लगाए ।

भूकम्पका बेला पनि थकालीले जनतालाई कुनै राहत दिन नसकेको अरोप तुलाचनको छ । “२०७० सालेदेखि आजसम्म के काम गर्नुभयो ? जनताले के पाए ?” तुलाचनले प्रश्न गरे । थकालीले भने अरुले केही गरेन भनेर आरोप लगाउने तुलाचनले आफूले गरेको एउटा काम देखाउन चुनौति दिए । बेनी जोमसोम सडक कालोपत्रेका लागि आफूले बजेट छुट्टयाएर काम गर्न लागेको थकालीले बताए ।


आफ्नो सम्पूर्ण जवानी नेपाली कांग्रेस भएर वितेको बताउँदै तुलाचनले जनतालाई सेवा गर्नबाट कांग्रेसले नै बञ्चित गराएकाले एमालेमा प्रवेश गरेको बताए । बागी उम्मेदवार दिएकाले तुलाचनलाई कांग्रेसले ५ वर्षका लागि निलम्बन गरेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan