Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गगनले फेरि अर्को गल्ती गरे, हिन्दुहरुले भोट दिन विचार गर्ने !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २६ आइतबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं ।

चर्चित यूवा नेता गगनलाई पराजय गराउन आग्रह ! कांग्रेस चुनावपछि हिन्दूराष्ट्रको पक्षमा आउँछ : मन्त्री थापा

काठमाडौंको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको सदस्य पदमा नेपाली काँग्रेस पार्टीबाट उम्मेदवारी दिएका युवा नेता एवं पूर्व मन्त्री गगन थापाले चुनाव प्रचार प्रसारको क्रममा गल्ती माथी गल्ती गरेको फेला परेको छ ।
 
केही दिन अगाडी चावहिलमा गरेको चुनावी सभालाई सम्बोधन गर्दे थापाले हिन्दु राष्ट्र र राजतन्त्रवादीहरुले भोट नदिनु होस् भनी क्रिश्चियन धर्म मान्नेहरुको सहानुभूति लिएका गगन थापाको यस भाषणले कपन क्षेत्रको राप्रपाको भोट ह्वातै घट्ने भएको छ ।
 
कपनका राप्रपा नेताले नाम नलेख्ने शर्तमा भने हामी गगनलाई भोट हाल्ने पक्षमा थियौं उनको यस्तो भाषण सुनेपछि अब हाम्रो भोट गगनलाई जादैन । उनीेले थपे गगन थापाले आफूलाई भोट माग्ने हो । हिन्दु राष्ट्र र राजतन्त्रवादीलाई भोट नदिनु होस भन्ने अधिकार उनीसँग छैन ।
 
यस अगाडीको ४ नम्बर क्षेत्रमा थापाको जुन लोकप्रियता थियो त्यो यस पटक ह्वातै घटेको छ । उनी विजय भएर गएपछि विकासको सिन्को नभाँचेको, स्वास्थ्य मन्त्री हुदाँ कार्यकतालाई भेट नदिएको, घमण्डीपन देखाएको, प्याटबाट लाखौं रकम खाएको आरोप लागेको छ ।

क्षेत्र नम्बर ४ का अधिकाशं काँग्रेसीहरु साझा विवेकशील पार्टीमा प्रवेश गरी सविना बस्नेतलाई उम्मेदवार समेत बनाएका छन् । यसबाट पनि उनीलाई थप चुनौती थपिएको छ । पहिला जस्तो सहज तरिकाले गगनले यस पटक चुनाव जित्न सक्दैनन एक काँग्रेसी कार्यकर्ताले बताए ।

जसरी कृष्ण प्रसाद सिटौलाले घमण्ड देखाउदा झापाबाट यस पटक राजेन्द्र लेङदेनलसँग ठूलो अन्तरले पराजित हुदैछन् ।

यसरी नै थापा यस पटक यस क्षेत्रवाट झिनो मतले पराजित हुने काँग्रेसीहरुको दावी छ । समय बलवान हुन्छ । अहिले समय यस क्षेत्रमा थापाको लागि बलवान छैन ।

पहिला जस्तो सहज परिस्थिति नभएकै कारण थापा चुनाव हार्ने डरले आफ्ना आसेपासेलाई बोकेर दिनदिनै कोण सभा र घरदैलो गरिरहेका छन् । गगन थापाले यसपटक चुनाव हारे भने अचम्म मान्नु पर्ने छैन ।–राजतिलकबाट साभार


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan