Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

क्याट्रिनालाई “किस” गर्न सलमानले गरे इन्कार

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २७ सोमबार
newsabhiyan
newsabhiyan

अभिनेता सलमान खानले पर्दामा कुनै पनि अभिनेत्रीसँग आजसम्म ‘लिप लक’ गरेको दृश्य बाहिरिएको छैन ।

किसिङ दृश्य दिन नचाहनुको कारणबारे सलमान भन्ने गर्छन्, उनका फिल्म हेर्न परिवारका सबै सदस्य सँगै आउन चाहन्छन् । उनी आफ्नै परिवारसँग बसेर मज्जासँग हेर्न सक्ने फिल्म बनाउनुपर्छ भन्ने धारणामा चल्छन् ।

साथै, सलमान सुटिङ युनिटको सामुन्ने किसिङ दृश्य दिन र सार्वजनिक स्थानमा आफ्नै गर्लफ्रेन्डको हात समात्न पनि असहज लाग्ने बताउँछन् ।

तर, ‘टाइगर जिन्दा है’का निर्देशक अली अब्बास जफरले फिल्ममा केही नयाँ गर्ने सोच बनाए । उनी चाहन्थे कि सलमान र क्याट्रिना कैफको किसिङ दृश्य फिल्ममा समावेश गर्न पाइयोस् ।

तर, सलमानले उनको प्रस्तावलाई अस्वीकार गरिदिए । स्रोतलाई उद्धृत गर्दै भारतीय अनलाइनहरूमा प्रकाशित खबरअनुसार जफरले पटक–पटक आग्रह गरेपछि सलमानले ‘नो का मतलब नहीँ’ भन्दै कडा जवाफ फर्काएपछि किस सिन राख्ने विषय अन्त्य भएको थियो । ‘टाइगर जिन्दा है’ आगामी २२ डिसेम्बरमा रिलिज हुँदै छ । नयाँ पत्रिकाबाट


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan