Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गगन थापाले दिए आफ्नै पार्टीका शिर्ष नेतालाई झड्का ! अबको प्रधानमन्त्री मै हुँ (भिडियो-सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २७ सोमबार
newsabhiyan

काठमाडौं, २७ कार्तिक । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले गायक बद्रि पंगेनीले आफ्नो नाम भाइरल बनाएर पैसा कमाउन मात्रै खोजेको आरोप लगाएका छन् ।


उनले भने,‘मेरो नाममा भिडियो भाईरल गराएर बद्री पंगेनीले एक तलाको घर थपे, अरु केही हुनेवाला छैनन्, पंगेनी एमालेका कार्यकर्ता हुन्, उनले एमालेको भजन गाउनु स्वभाविक हो।’

हिमालय टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम धमलाको हमलामा पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले पार्टीबाट अबको प्रधानमन्त्री आफू नै भएको दाबी समेत गरे । उनले भने,‘अबको प्रधानमन्त्री मै हुँ, पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेललेपनि विश्राम लिनुपर्छ ।’

अबको निर्वाचमा आफ्नो पार्टीकै बहुमत आउने समेत उनको दाबी थियो । यदि वाम गठबन्धनको बहुमत आएपनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आँफै प्रधानमन्त्री हुने तर उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिने बताउकाछन् ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan