Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हुन्डाईको नयाँ गाडी ‘भर्ना’को पोखरामा बिक्री सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार
newsabhiyan
newsabhiyan

पाेखरा : लक्ष्मी हुन्डाईले नेपालमा भित्राएको नयाँ संस्करण ‘द नेक्स्टजेन भर्ना’ सार्वजनिक गरेको छ । देशभरका शोरुमबाट एक साथ सार्वजनिक गर्ने क्रममा पोखरामा पनि उक्त गाडीको बिक्री शुभारम्भ गरिएको छ ।

लक्ष्मी हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ, निर्देशक सुजल श्रेष्ठ र सेल्स तथा अपरेशन ईन्चार्ज भिमसिँह खत्रीले संयुक्त रुपमा भर्नाको बिक्री आरम्भ गरेका हुन् ।

सार्वजनिक भएको भर्ना ३ वटा मोडलमा उपलब्ध रहेको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । ‘पाँचवटा कलर र आकर्षक डिजाइनमा गाडी बजारमा आएको छ,’ उनले भने, ‘यो गाडी बहुप्रतिक्षित रहेकाले धेरैको रोजाईमा पर्ने हामीले विश्वास लिएका छौं ।’

गाडीको सुरुवाती मूल्य ४२ लाख ९६ हजार रुपैयाँ छ । ४४ लाख ९६ हजार र ४६ लाख ९६ हजार मूल्यका गाडी पनि उपलब्ध छन् । आकर्षक बनोट, अत्याधुनिक विशेषता तथा सुविधाले भर्ना गाडीले नेपालको अटो बजारमा नयाँ रेकर्ड राख्ने कम्पनीको विश्वास छ । नेपालमा यो गाडी पेट्रोल भेरियन्टमा मात्र उपलब्ध रहेको सेल्स एण्ड अपरेसन इन्चार्ज भीमसिंह खत्रीले जानकारी दिए ।

‘भर्ना गाडी अत्याधुनिक र शक्तिशाली छ,’ उनले भने । भारतमा बनेको उक्त गाडी नेपाली बाटो सुहाउने रहेको खत्रीले बताए । संसारभर अहिलेसम्म यो कारका ग्राहक ९० लाख पुगिसकेको खत्रीले बताए । ‘पोखरा तथा आसपासका क्षेत्रमा यो गाडीमा ग्राहकको आकर्षण देखिने हामीले विश्वास लिएका छौं,’ खत्रीले भने ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan