Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राधी विद्युत कम्पनीको आइपीओ मंसिरको पहिलो साता

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार
newsabhiyan

काठमाडौं । नेपाल धितोपत्र बोर्डले राधी विद्युत कम्पनीले आइपीओ निष्कासनका लागि अनुमति पाएको छ ।  राधी विद्युत कम्पनीको आइपीओ मंसिरको पहिलो साता खोल्ने जनाएको छ ।

धितोपत्र बोर्डले राधीलाई ७ करोड ६४ लाख ५५ हजार बराबरको ७ लाख ६४ हजार ५ सय ५० कित्ता साधारण सेयर (आइपीओ) निष्कासनका लागि अनुमति दिएको थियो ।

यसमा विक्री प्रबन्धकको काम नबिल इन्भेस्टमेण्ट बैङ्किङले गर्ने राधी विद्युत कम्पनीले जनाएको छ ।

राधीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख १० हजार कित्ता आइपीओ विक्री गरिसकेको छ ।

राधीको अधिकृत पूँजी १ अर्ब ५० करोड र जारी पूँजी रू।४१ करोड रहेको छ । कम्पनीले जारी पूँजीको १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई बेचेको हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan