Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

देबी र जीतनको लाखौं परदेशीहरूलाई रूवाउने गीत ‘लैदे खबर चरी’ बजारमा (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं । प्रदेशी र घरदेशी को कथामा आधारित हृदय बिदारक कारूणिक मर्म स्पर्शी गीत लैदे खबर चरी चर्चित गायिका देबी घर्ती मगर र जीतन भाईको प्रस्तुतिमा बजारमा आएको छ ।

मौलिकतामा कलम चलाउन रमाउने उनै कुशल सर्जक तथा गायक खेम पुनको शब्द संगितमा तयार भएको उक्त गीतमा बहुचर्चित गायिका देबी घर्ती मगर र गायक जीतन भाइको आवाज रहेको छ । 

शब्द र संगीतको भावमा डुबेर गीतको मर्म नमर्ने गरी संगीतको संयोजन बिनोद बाजुरालीले गरेका छन् । छायांकार दुर्गा पौडेलले निर्देशन गरेको यो गीतमा चर्चित मोडलद्वय रन्जिता गुरुंग र महेन्द्र गौतमको अभिनयले गीतलाई पुर्णता दिएको छ ।

आशिस म्यूजिक प्रा.लि मार्फत बजारमा आएको जुन गीत म्यूजिक नेपालको यूट्यूब च्यानलबाट प्रकाशन भएको छ । कोरियालाई आफ्नो कर्मभूमि बनाएर बसेका गायक जीतन भाइले यस अघि आधा दर्जन बढी गीत बजारमा पस्किसकेका छन् ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan