Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राईट व्याकका कारण एनसीसीको नाफा बढ्यो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ कार्तिक । राईट व्याक रकमका कारण एनसीसी बैंकको नाफा बढेको छ । बैंकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा राईट व्याक मार्फत २३ करोड १४ लाख ११ हजार रुपैयाँ प्राप्त गरेपश्चात खुुद नाफा बढेर १६ करोड ४५ लाख ८३ हजार रुपैयाँ पुुगेको हो ।

गत आवको सोही अवधिमा तीन करोड २३ लाख २७ हजार रुपैयाँ राईट व्याक गर्दा बैंकको नाफा १२ करोड ९० लाख २७ हजार रुपैयाँ मात्र रहेको थियो ।

हाल चुक्ता पुंजी चार अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ रहेको बैंकले चालुु आवको पहिलो त्रैमासमा ६१ अर्ब ३८ करोड १२ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ८७ करोड ६१ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

घरजग्गा क्षेत्रमा एक अर्ब २३ करोड ३० लाख दुुई हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा २१ करोड २९ लाख २९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

प्रोभिजन रकम तीन करोड ५७ लाख एक हजार रुपैयाँ रहेको बैकमा निष्क्रिय कर्जको अनुपात चार दसमलव २९ प्रतिसत रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan