Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सनराईज बैंक बिरुद्ध मुुद्धा, उच्च अदालत पाटनको आदेश अनुसार साधारण सभा रोक्का

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ कार्तिक । सनराईज बैंक बिरुद्ध उच्च अदालत पाटनमा मुुद्धा दायर भएको छ । सोही मुुद्धाका कारण बैंकको आगामी दशौं बार्षिक साधारण सभा रोकिएको छ ।

पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरी मुुद्धाको टुुंगो नलागेसम्म बार्षिक साधारण सभा सम्वन्धी कुुनैपनि कार्य नगर्न नराउन भनेपछि बैंकको बार्षिक साधारण सभा रोकिएको हो ।

पुर्वनिर्धारित कार्यतालिका अनुसार बैंकले यही कात्र्तिक ३० गते काठमाडौको कालिकास्थानमा रहेको अमृतभोग क्यार्टरस बार्षिक साधारण सभा गरी सात जना सञ्चालक चयन गर्न लागेको थियो ।

सो मध्ये तीन जना संस्थापक, तीन जना सर्वसाधारण र एक जना विशेषज्ञ सञ्चालक चयन कार्यतालिका रहेकोमा बिवादल भएपछि उक्त बिवाद उच्च अदालत पाटनसम्म पुुगेको थियो ।

बैंकलाई विपक्षी बनाई हालेपछि अदालतले अन्तिम निर्णय नहुञ्जेल सबै प्रकृया स्थगन गर्न बैंकलाई आदेश दिएको थियो ।

बैंकका अनुसार निर्वाचन कार्य मात्र स्थगित गरी साधारणसभा सम्पन्न गर्दा सोही मितिबाट बैंकको संचालक समितिमा बैंकको संस्थापकहरुबाट प्रतिनिधित्व गर्ने संचालकहरुको प्रतिनिधित्व समाप्त भई सर्बसाधारणतर्फका तीन जना र स्वतन्त्र एक जना गरी चार जना मात्र संचालक बाँकी रहन गई विद्यमान संरचना बमोजिम नौ जना संचालकहरुको समिति अल्पमतमा पर्ने हुनाले साधारणसभा स्थगित गरिएको हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan