Saturday 24th of February | २०७४ फाल्गुण १२ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

२५ करोड नाफा कमाएको सगरमाथाले लाभांस नदिने भनेपछि...

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार |
newsabhiyan
newsabhiyan

कठमाडौं, २८ कार्तिक । आर्थिक बर्ष २०७३—०७४ मा २५ करोड ५५ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा कमाएको सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुलाई उक्त नाफाबाट कुुनै पनि किसिमको बोनस वा नगद लाभांस बितरण नर्गने भएको छ ।

कम्पनीको कार्तिक २७ गते सोमबार बसेको सञ्चालक समितीको दुुई सय ५२ औं बैठकले उक्त आवको नाफाबाट लाभांस बितरण नगर्ने निर्णय गरेको हो ।

उक्त निर्णय सार्वजनिक भए पश्चात कम्पनीको सेयर मुुल्य घट्न थालेको छ । आज मंगलबार मध्यान्हसम्म कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ ५४ पैसाले घटिसकेको छ ।

हाल चुक्ता पुंजी ५३ करोड ८२ लाख ९२ हजार रुपैयाँ रहेको कम्पनीले अघिल्लो आर्थिक बर्षमा २० करोड ६७ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan