Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डा.महतको पक्षमा भोट माग्दै निर शाह

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ कार्तिक । नेपाली चलचित्र जगतको वरिष्ठ कलाकार निर शाह यतिबेला काठमाडौं क्षेत्र नं. ५ का नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतको चुनाव प्रचारमा व्यस्त छन् ।

उनी आफै पनि उक्त क्षेत्रबाट समानुपातिकमा सिफारिस भएर पनि  सुची भित्र पर्न सकेनन् ।  तर पनि शाहले कांग्रेस उम्मेदवारहरुको  पक्षमा भोट मागि रहेका छन् ।  घरदैलोदेखी भेला र बैठकहरुमा शाह आर्कषणका केन्द्र बनेका छन् ।

मुलुक कम्युनिष्ट अधिनायकवाद तर्फ उन्मुख भएकाले कांग्रेसको जित अत्यावश्यक भएको ठहर उनको छ । भन्छन् – ‘लोकतन्त्र बचाउनका लागि कांग्रेसको जीत आवश्यक छ ।’

तत्कालिन  दरबारका नातेदार शाहले एक कार्यक्रममा राजा महेन्द्रलाई अपराधीको संज्ञा दिए । २०१७ सालमा महेन्द्रले कांग्रेसलाई अपदस्त गरेर कम्युनिष्टहरु च्यापेकाले अहिले तिनै कम्युनिष्टहरु अधिनायकवादी व्यवस्थाको पक्षमा लागेको उनको आरोप छ । 

यो राजा महेन्द्रबाट भएको अपराध हो भन्ने उनको निष्कर्ष छ । क्षेत्र नं. ५ का स्थायी बासिन्दा शाहको सक्रियताले कांग्रेस कार्यकर्तामा थप उत्साह थपिएको छ । दुई पटक लगातार जित हासिल गरेको कांग्रेस तेस्रो पटक आफ्नो जित निश्चित गर्ने पक्षमा छ ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan