Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'कायल र घायल हुने दिन नजिकिदैछ'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान,काठमाडौं,२८ कार्तिक ।  टाउकै फोडे पनि पार्टी पार्टीमा आवद्ध भएका घर परिवारका सदस्यहरुले परिवर्तन चाहने युवाहरुलाई पटक्कै मतदान गर्दैनन् । जसले गर्छन्, त्यो मतले विजय हासिल गर्न सकिन्न ।

देखियो,स्थानीय निर्वाचनमा प्रष्टै देखियो । अव त राजनीति नै ध्रुविकरण भइरहेको छ । कम्युनिष्ट कित्ता र प्रजातन्त्रवादी कित्तामा ।

यो स्थितिमा राजनीतिक परिवर्तन ल्याउँछु, दिल्लीको आमपार्टीजस्तै गरी जनसमर्थन देखाउँछु भनेर रवीन्द्र मिश्र लागेका छन् । उनले उठाएका रञ्जु दर्शनाहरुको हालत स्थानीय निर्वाचनमा देखिइसकियो, अव जिलाखाने पालो रवीन्द्र मिश्रहरुको ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मत बाँडिने होइन, गोलवद्ध भएर कांग्रेस र कम्युनिष्ट खेमामा ओइरिएको देखेपछि रवीन्द्र मिश्रहरुको जागेको उत्साह स्वात्तै मर्नेछ ।

किनभने जागरुक हुन जनतालाई शिक्षा कसले दियो ? परिवर्तन ल्याउँछौं, युवा नेतृत्वको जग हाल्छौं भन्दैमा दलदलमा फसेका जनताले युवालाई रोज्छन् भन्ने कुरा कम्तिमा नेपालको सन्दर्भमा दिवा स्वप्न हो ।

विश्लेषकहरु भन्छन्– युवाहरु गोलवद्ध भएकै छैनन्, आमनागरिकमा परिवर्तनको चाहनाको आगो फुकिएकै छैन, कसरी आउँछ परिवर्तन ?


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan