Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘मुलुकको समृद्धिका लागि वाम गठबन्धन’

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार
newsabhiyan

लहान, २८ कात्तिक । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य अजयशंकर नायकले नेकपा(एमाले) र माओवादी केन्द्रलगायत दलबीचको वाम गठबन्धन मुलुकको समृृद्धिका लागि भएको जिकिर गर्नुभएको छ ।

सिरहा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका पूर्वमन्त्री नायकले मिर्चैया नगरपालिका– ७ स्थित फूलबरियामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै वाम गठबन्धन व्यक्तिगत स्वार्थका लागि नभई जनताको जनजीविका, गरिबी, बेरोजगारी समस्या समाधान र मुलुकको समृद्धिका लागि भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“एमाले र माओवादी दुवै दलबीच मधेशी, थारु, आदिवासी, जनजाति, महिला, मुसलमानलगायत उत्पीडित वर्गको अधिकारलाई संविधान संशोधनमार्फत थप समाविष्ट गर्ने प्रतिबद्धतासहित गठबन्धन निर्माण भएको हो ।”

जनजीविका र आधारभूत आवश्यकतापूर्तिका लागि गठबन्धनले स्थिर सरकार निर्माणको संकल्प गरेको बताउँदै उहाँले वाम गठबन्धनले मात्र मुलुकलाई समृद्ध बनाउन सक्ने जिकिर गर्नुभयो ।(रासस) 
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan