Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्सेमा उच्च बृद्धि, सबै सुचक हरिया (तालिका सहित)

कसले कमायो–कसले गुमायो ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ कार्तिक । साताको तेस्रो कारोवार दिन मंगलबार पनि नेप्से उच्च अंकले बढेकोे छ । आज नेप्से २५ दसमलव १४ अंकले बढेर १५ सय १६ दसमलव दुुई अंकमा पुुगेको छ भने सेन्सिटिभ चार दसमलव ९२ अंकले बढेर तीन सय १८ दसमलव ९३ अंकमा पुुगेको छ ।

नेप्सेमा आज कुुल एक सय ६५ कम्पनीहरुको सात हजार दुुई सय ८५ वटा कारोवारमा १८ लाख ४७ हजार सात सय ५५ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ७५ करोड ११ लाख ६७ हजार एक रुपैयाँ पुुगेको छ ।

आज १० वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक बढेपछि नेप्से पुरै हरियो भएको छ । बाँणिज्य बैंक समुहको सुचक २१ दसमलव ६१ अंकले बढेर १२ सय ९४ दसमलव ४४ अंकमा कायम रहेकोमा २८ करोड एक लाख ९३ हजार रुपैयाँको कारोवार भएको छ ।

बीमा समुहको सुचक पनि आज एक सय १२ दसमलव ७३ अंकमा कायम रहेकोमा १४ करोड ३५ लाख १५ हजार रुपैयाँको कारोवार भएको छ । उत्पादनमुुलक समुहको सुचक ५६ दसमलव ७३ अंकले बढेर २४ सय ६८ दसमलव ८६ अंकमा कायम रहेकोमा ४४ लाख २८ हजार सात सय ६० रुपैयाँको कारोवार भएको छ ।

बिकास बैंक समुहको सुचक २७ दसमलव ९५ अंकले बढेर १७ सय ९१ दसमलव ९० अंकमा कायम रहेकोमा तीन करोड ६२ लाख ७१ हजार रुपैयाँको कारोवार भएको छ ।

जलबिद्युुत समुहको सुचक ५५ दसमलव ३७ अंकले बढेर १९ सय ४३ दसमलव ४० अंंकमा कायम रहेकोमा आठ करोड ९१ लाख ९५ हजार चार सय रुपैयाँको कारोवार भएको छ । यसबाहेक ट्रेडिङ, होटल, फाईनान्स, अन्य, उत्पादनमुुलक र लघुबित्त समुहको सुचक पनि आज बढेका छन् ।

आज सबैभन्दा बढी कमाउने कम्पनीको सुचीमा बिजय लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा सगरमाथा इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी रकम कारोवारका आधारमा भने चिलिमे हाईड्रो पावर कम्पनी अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य  बढेको मुल्य
बिजय लघुबित्त संस्था     ११२८  ९.८३
२  कर्णाली बिकास बैक    २७२   ९.६८
हाम्रो बिकास बैंक    १९०   ८.५७
किसान माईक्रोे फाईनान्स    २३७९  ७.६५
५  महिला सहयात्रा बित्तीय संस्था     १००१ ७.६३

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस  कम्पनीको नाम  कारोवार भएको मुल्य  घटेको मुल्य
सगरमाथा इन्स्योरेन्स      १४९५  ५.९७
२  प्रभुु बैंक (संस्थापक)      १७२  ३.३७
ङादी ग्रुुप पावर लिमिटेड    २३४   ३.५०
लक्ष्मी ईक्विटी फण्ड       ९.८५ १.९९
गुडविल फाईनान्स       १८३ १.६१

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको रकम अन्तिम मुल्य
चिलिमे हाईड्रो पावर कम्पनी    ६००१७६२ ८८४
प्रभुु बैंक (संस्थापक)     ३४७००००० १७२
३  प्राईम कर्मसियल बैंक    ३३३५६२१८  ४४२
स्टान्र्डड चार्टड बैंक     ३२५५५६६४ २०५०
५  नेपाल टेलिकम      २७१८१४३० ८४६

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan