Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बन्ने भो चलचित्र ‘मेला-२’

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं । गत श्क्रवारबाट देशब्यापी रुपमा प्रदर्शनमा आएको चलचित्र मेलाले सुखद सफलता पाएपति सो चलचित्रका लेखक, निर्माता तथा सहनिर्देशक हरी पन्तले मेला-२ बनाउने भएका छन् ।

तान्द्रो, सकश र रोमियोसंगै भिडन्तमा उत्रिएको मेलाले यी ३ वटै चलचित्र भन्दा राम्रो कमाइ गर्न सफल भए पस्चात् निक्कै हौसिएका निर्माता हरी पन्तले आगामी माघ १ गते देखि मेला-२ को छाँयाङकन गरिने बताए ।

आफ्नै पटकथा तथा आफ्नै निर्माणमा बन्ने सो चलचित्रका सह-निर्माताका रुपमा यज्ञराज कार्की रहने बताउदै पन्तले निर्देशक तथा कलाकारहरुको टुङ्गो लगाउन बाँकी रहेको जानकारी दिए ।

आमेश भण्डारी, सलोन बस्नेत र आसिस्मा नकर्मीलाई लिएर बनाएको ‘मेला’ चलचित्रले संतोशजनक सफलता दिएकोले आफु उत्साहित भएको बताउदै पन्तले अब बन्ने मेला-२ लाई अझै राम्रो सिनेमाको रुपमा दर्शक समक्ष प्रस्तुत गर्ने बताउदै  हाल हलहरुमा प्रदर्शन भइरहेको ‘मेला’को सिक्वेलको रुपमा नभई मेला-२ ले  भिन्नै कथाबस्तु बोकेर आउने समेत उनले बताए ।

आफुले सिने पत्रकारहरु देखी सम्पूर्ण फिल्म क्षेत्रको सबै तह र तप्काबाट राम्रो सहयोग र सहकार्य प्राप्त गरेको र चलचित्र मेलालाई दर्शकदिर्घाले निक्कै रुचाईदिएकोमा सबैलाई धन्यवाद दिदै हाम प्रदर्शनमा रहेको ‘मेला’ हेर्न छुटेका दर्शकहरुलाई नजिकमा रहेको हलहरुमा पुगेर हेरिदिन अनुरोध समेत गरे ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan