Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अपडेट - गौचनको हत्यामा संलग्न पाँचजनालाई प्रहरीद्धारा सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं,२८ कात्तिक। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न राजिव स्याङ्ताङ, शिवजी महतो,मुकेश कुमार पाण्डे,सन्तोष गुरूङ,प्रकाश बुढाथोकीलाई  प्रहरीले आज सार्वजनिक गरेको छ ।

राजधानीमा प्रहरीले पत्रकार सम्मेलन गरी नुवाकोट पञ्चकन्या गाउँपालिका ५ का राजीव स्याङ्तान, पर्सा कालिकामाई गाउँपालिका १ का ३५ बर्षिय शिवजी महतो, भारत विहार बेतिया चौबेटोलाका २४ बर्षिय मुकेश कुमार पाण्डे, पर्सा ठोरी गाउँपालिका ५ का १८ बर्षिय सन्तोष गुरुङ र काठमाण्डौं नागार्जुन नगरपालिका ४ का  २२ बर्षिय प्रकास बुढाथोकीलाई आज सार्वजनिक गरेको हो । अन्य ८ जनालाई अभियुक्तलाई प्रहरीले फरारको सूचीमा राखेको छ ।

जिल्ला अदालत काठमाडौंले उनीहरुमाथि थप अनुसन्धानका लागि ६० दिनको म्याद थप गरेको छ । उनीहरुविरुद्ध सांगठनिक अपराध ऐन अन्र्तगत मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।  गत असोज २३ गते भएको हत्याबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा विशेष टोली गठन गरेको थियो ।

झण्डै एक महिनाको सुक्ष्म अनुसन्धानपछि प्रहरीले हत्यामा संलग्न ५ जनालाई नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan