Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चाइनिज चुच्चे रेल दाङ ल्याउँछु भनेर भोट मागियो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २८ कार्तिक । वाममोर्चाका उम्मेदवारहरु हुनसम्मका जाली रहेछन् । चाइनिज टिम आयो र रसुवा काठमाडौं, काठमाडौं पोखरा, लुम्बिनी रेलमार्ग जोड्न सकिने सम्भाबना पहिल्याएर गयो ।

तर, ५ वर्षका लागि चुनावमा खडा भएका वाम उम्मेदवारले लौ अब हामी दाङ सल्यानमै चाइनिज चुच्चे रेल जोडेर देखाइ दिन्छौं, हामीलाई भोट दिएर जिताउनोस् भनेर मत मागेको पनि देखियो ।

बल्ल २०२० मा केरुङसम्म रेल आउँछ । केरुङबाट काठमाडौं र पोखरा लुम्बिनीमा रेलमार्ग जोड्न कम्तिमा १५ वर्ष लाग्नेछ । ५ वर्षका लागि उमेदवार भएका वामपन्थीहरुले रेलको धक्कु लगाएर सोझा जनतालाई भ्रमित पारिहाले ।

आखिर कम्युनिष्ट भनेकै भ्रमित पार्ने र कम्यन्यालिजम बढाएर भोट बैंक खडा गर्ने न हो । देखियो, राम्रै गरी देखियो हिजो अस्ती ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan