Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संयुक्त चुनाव प्रचारप्रसार समिति गठन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार
newsabhiyan

तेह्रथुम, २८ कार्तिक । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल तरूण दल र नेपाल विद्यार्थी संघ तेह्रथुमको संयुक्त भेला आठराई संक्रान्तिबजारमा आज सम्पन्न भएको छ ।

संयुक्त भेलाबाट सुमन खापुङको अध्यक्षता ५१ सदस्यीय चुनाव  प्रचारप्रसार समिति गठन भएको छ । समितिको उपाध्यक्षमा मनकुमार फोम्बो, डोरबहादुर गुरूङ र शर्नकुमार कन्दङवा रहनु भएको छ ।

सचिवमा कृष्णप्रसाद बास्कोटा, सहसचिवमा टेकबहादुर कन्दङवा र कोषाध्यक्षमा डिल्ली पाठक रहनु भएको छ । भेलाले आठराई गाउँपालिकाको सातै वडामा वडा स्तरीय चुनाव प्रचारप्रसार समिति समेत गठन गरेको छ ।

नेपाली काँग्रेस महासमिति सदस्य हरि डाँगी, महाधिवेशन प्रतिनिधि एवम् नेपाल तरूण दल पुर्व अध्यक्ष भीष्म थपलिया, काँग्रेस प्रचारप्रसार समिति आठराईका संयोजक नारयण ईङनाम, नेपाल शिक्षक संघ आठराईका सचिव अमृतकुमार बास्तोला लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रम प्रेम कडरियाको सभापतित्वमा भएको हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan