Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

देउवा ट्वाँ ! आरजुको चर्चा, धमला ट्वाँ ! रवीन्द्र मिश्रको प्रश्न ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ कार्तिक । देउवा ट्वाँ ! तनहुँ तनावमा छन् रामचन्द्र पौडेल । यस पटक चुनाव जित्ने ग्यारेन्टी नभएरै होला, उनको कार्यकर्ताले पौडेललाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्दै घरदैलो गरेको खबर छापा माध्यममा आउन थालेको छ ।

सत्र पटकसम्म प्रधानमन्त्री पदको दौडमा रहेर गिनिजबुकमा नाम लेखाउन सफल पौडेललाई भावी प्रधानमन्त्रीका रुपमा तनहुँका कार्यकर्ताले प्रस्तुत गरेको देखेर शेरबहादृर देउवा ट्वाँ पर्न थालेका छन् । अब कुरो बुझौं, पौडेललाई देउवाले जिताउँछन् अथवा गोविन्दराज जोशी लगाएर हराउँछन् । कसो, प्रकाशशरण महतज्यू ?

आरजुको चर्चा
आरजु राणा चर्चामा छिन् । उनको चर्चा कैलाली क्षेत्र  नं. ५ बाट लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेकोले होइन । उनको कैलालीमा घर किन्ने कुराले बढी चर्चा पाएको हो । प्रतिनिधिसभा निर्वाचनमा भोट माग्न जनताको घरदैलो जाँदा सबैले टुरिष्ट उम्मेदवार भन्ने आरोप लगाएपछि उनी घर किनेरै देखाइदिने मुडमा पुगेकी हुन् ।

घर पनि सानोतिनो कहाँ हो र ? तीन करोड रुपैयाँमा उनले घर किन्ने समाचार घरको फोटोसहित पत्रिकामा छापिएपछि तीन करोडको घर किन्नेले कति कारोडको भोट किन्ने हुन् भनेर कैलाली ५ का मतदाताले जिब्रो टोक्न थालेका छन् ।

धमला ट्वाँ !
लोकतान्त्रिक गठबन्धनका नेतालाई आफूले चुनाव जित्नेभन्दा पनि हिन्दू धर्म र राजतन्त्रकै चिन्ता छ । कसलाई के चिन्ता, घर ज्वाइँलाई खानकै चिन्ता भनेझैंं रिपोर्टस क्लब अस्ति पुगेका काठमाडौं–७ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम थापाले ठोकेरै राजतन्त्र फर्कन्छ भनेको सुनेर एमालेका उम्मेदवार रामवीर मानन्धर मञ्चमै ट्वाँ परे ।

त्यसपछि ऋषि धमलाले थापालाई हर्कादै प्रश्न गरे–राजतन्त्र फर्कन्छ भन्ने के ग्यारेन्टी ? भन्दा थापाले भने–देउवासँग चुनावपछि हिन्दू धर्म र राजतन्त्र फर्काउने सहमति भएरै गठबन्धनमा गएका हौं । थापाको जवाफपछि धमलाले पनि जिब्रो टोक्न थाले ।

रवीन्द्र मिश्रको प्रश्न ?
वीवीसी नेपाली सेवाका चर्चित युवा पत्रकार रवीन्द्र मिश्र अहिले काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार छन् । त्यस क्षेत्रमा कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह भए पनि चर्चा भने रवीन्द्र मिश्रकै छ ।

चुनाव प्रचारको क्रममा सिंह र मिश्रको जम्काभेट हुँदा रवीन्द्र मिश्रको जम्काभेट हुँदा रवीन्द्र मिश्रले प्रकाशमान सिंहलाई भने–अब म पत्रकार होइन । हिजो पत्रकार हुँदा मैले देश बर्बाद किन भयो भनेर तपाईहरुसँग प्रश्न सोधे, खबर दृष्टिको बक्रदृष्टिमा उल्लेख छ ।

अब म यो प्रश्नको जवाफ खोज्न जनताको घरदैलोमा आएको छु । त्यसैले प्रकाशमानजी, अब प्रश्न सोध्ने पालो तपाईँको... । मिश्रको प्रश्नले सिंह अक्क न बक्क परेको देखेर स्थानीय जनता भन्दै थिए–अब पत्रकार बन्ने पालो प्रकाशमानजीको कसो, माथवरसिंह बस्न्यातज्यू ? 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan