Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तिमी पनि आधा म पनि आधा सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार
newsabhiyan
newsabhiyan

 काठमाडौं , ‘पिँजडा ब्याक अगेन’ फिल्ममा समावेश भएको ‘तिमी पनि आधा म पनि आधा’ बोलको गीत सार्वजनिक गरिएको छ । पिँजडा ब्याक अगेनका निर्माताले आइतबार राजधानीमा प्रेसमिट गरी सो गीत प्रदर्शन गरेका हुन् ।

हिमाल केसीको निर्देशनमा बनेको फिल्मको सो गीतमा निखिल उप्रेती र सारा श्रीपालीले नृत्य गरेका छन् । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीत अर्जुन पोखरेल र अञ्जु पन्तले गाएका हुन् । मुक्ता उदासले लेखेको गीतको संगीतकार अर्जुन पोखरेल हुन् ।

माघ ४ गते प्रदर्शन हुने फिल्ममा निखिल, साराका साथमा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ, विना थापालगायतले अभिनय गरेका छन् । एक्सन लभस्टोरी बताइएको फिल्मले ‘कुकु’ बोलको गीतले राम्रै चर्चा पाइरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan