Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपालको नक्कली सरकारी छाप बनाउने बंगलादेशी पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार
newsabhiyan

काठमाडौं, २८ कात्तिक । नेपालको सरकारी छाप तथा बिभिन्न देशका भिसाहरू समेत नक्कली बनाउने कार्यमा संलग्न बंगलादेशी मुलका ट्रिनिडाड एण्ड टोबागोका नागरिक डेभिड लुइस सान्तनालाई काठमाडौं महानगरपालिका–२६ मित्रनगरबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको प्रहरीले कात्तिक २४ गते पक्राउ गरेको छ ।

सान्तनाबाट मुहमद मसुद राना नामको बंगाली राहदानी, डेभिड लुइस सान्तना नामको रिपब्लिक अफ ट्रिनिडाड एण्ड टोबागोको राहदानी, नेपाल अध्यागमन कार्यालय अराइभल-डिपार्चरको रवर स्टाम्प, एम्बेस्सी अफ द पिपुल्स रिपब्लिक अफ बंगलादेश काठमाडौंको रबर स्टाम्प लगायतका सामाग्रीहरु बरामद भएको छ ।

उनलाई काठमाडौं जिल्ला अदालतबाट सरकारी छाप दस्तखत तथा किर्ते अपराध मुद्धामा म्याद थप लिई थप अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan