Wednesday 20th of June | २०७५ असार ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विद्यालय बन्द गरी शिक्षक पार्टीको कार्यक्रममा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार |
newsabhiyan

अछाम,  २८ कात्तिक   । निर्वाचन आचारसंहिता अनुसार राजनीतिक दलका कार्यक्रममा शिक्षक तथा विद्यार्थी जान नहुने तथा विद्यालयमा पठनपाठन प्रभावित गर्न नहुने कुरा उल्लेख भएपनि अछाममा एक विद्यालय नै बन्द गरी शिक्षक राजनीतिक दलको कार्यक्रममा गएको पाईएको छ ।

चौरपार्टी गाउँपालिका वडा नम्बर ४ मा रहेको बैजनाथ उच्च मावि पायल आज विहान ११ बजे नै बन्द भयो । आज त्यस गाउँमा नेपाली कांग्रेस क्षेत्र नम्बर १ को चुनावि कार्यक्रम हुने भएपछि विद्यालय एक छिन खोलेर ११ बजे तिर बन्द गरी विद्यालयका शिक्षक राजनीतिक दलको चुनावि कार्यक्रममा गएका हुन् ।

कार्यक्रम भएपछि विद्यालयमा कार्यरत शिक्षक समेत चुनावि कार्यक्रममा सहभागि भएका स्थानीयले जनाएका छन् । विद्यालयमा त्रैमासिक परिक्षाको समिक्षा भन्दै केही अभिभावकलाई बोलाईएको तर अधिकांश शिक्षक पार्टीको कार्यक्रममा गएको बताईएको छ ।

उता विद्यालयका प्रधानाध्यापक दिपक कुँवरले त्रैमासिक परिक्षाको अभिभावक संग समिक्षा गरीएको र पठनपाठन नभएकाले केही शिक्षक आफ्नो काम सकेर कार्यक्रममा गएका बताउनु भयो ।

“आफ्नो काम भ्याएर जाने उनीहरुको अधिकार हो”, प्रधानाध्यापक कुँवरले भन्नुभयो, “तर विद्यालय बन्द भएको होईन ।”


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan