Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

१७ वर्षपछि अनिल र माधुरीको सुपरहिट जोडीले रोमान्स गर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक ३० बिहिबार |
newsabhiyan
newsabhiyan

एजेन्सी, मुम्बई । बलिउडका मिस्टर इन्डिया अनिल कपूर र धक-धक गर्ल माधुरी दीक्षितको सुपरहिट जोडी सिल्भर स्क्रिनमा फेरि एकपटक धमका मच्चाउने तयारीमा छ ।

अनिल र माधुरीको जोडीलाई ९० को दशकमा दर्शकले निकै रुचाएका थिए ।  यी दुईले तेजाब, परिन्दा, राम लखन, किशन कन्हैया र बेटा जस्ता फिल्ममा एकसाथ काम गरेका छन् ।

करीब १७ अगाडि अनिल र माधुरीले फिल्म पुकारमा काम गरेका थिए । अब यो जोडी फेरि एकपटक सिल्भर स्क्रिनमा देखिँदैछ ।

इन्द्र कुमारले आफ्नो नयाँ फिल्म ‘धमाल’ को तेस्रो सिक्वेलका लागि माधुरीसँग सम्पर्क गरेका छन् भने उनको अपोजिटमा अनिल कपुरलाई लिड नायकमा अफर गरिएको छ ।

‘धमाल’ र ‘डबल धमाल’ पछि यो फिल्मको नाम ‘टोटल धमाल’ हुनेछ । इन्द्र कुमारले अनिल र माधुरीसँग फिल्ममा काम गर्ने सहमती भएको जानकारी दिएका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan