Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आसमा फसिन संगिता,४० लाखको चिठ्ठाको राजश्व बुझाउनु पर्छ भनि ठगी गर्ने ६ भाई झिरिप्प

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं,१ मंसिर ।  ४० लाखको चिठ्ठा परेको छ ६५ हजारको राजश्व बुझाउनु पर्छ भनि ठगी गर्ने गिरोह पक्राउ परेका छन् । 

जिल्ला पर्वत देउपुर गाउपालिका वडा नम्बर २ बस्ने बर्ष ४२ की संगिता कुमारी गुरूङलाई भाईवरबाट तपाईको नाममा रू ४० लाखको चिठ्ठा परेको छ सो चिठ्ठा प्राप्त गर्न तपाईले रू ६५ हजारको राजश्व बुझाउनु पर्छ भनि म्यासेज आएको र त्यसको केही समय पछि आकाश शर्मा नाम बताउने मानिसले फोन गरी तपाईलाई चिठ्ठा परेको छ सो बापत बुझाउनु पर्ने रकम निजले पठाएको ठेगाना Dumar lal Jha को नाममा रू. ६५,३५० (आई एम ई शुल्क ३५० सहित) पठाईए पश्चात पुन चेकमा सही गर्नको लागि थप १,४०,०००।- पठाउनु पर्छ भनि पुन : माग गरेको खुलेको छ   ।

चिठ्ठाको रकम पाउने आसमा संगिता कुमारी गुरूङले १,४०५००।- (आई एम ई शुल्क ५०० सहित) बलराम बिश्वासको नाममा पठाए पश्चात पुन सोही गिरोहबाट २, ७०,०००।- माग गरे पश्चात ठगि गरेको भन्ने  शंका लागि उजुर  गरेका थिए । सोही उजुरीको  जिल्ला प्रहरी कार्यालय मोरङबाट गोप्य रूपमा खोजतलास तथा अनुसन्धान गर्दै जाँदा जिल्ला सुनसरी दुहवी नपा वडा नं. ६ बस्ने देव नारायण बिश्वासको छोरा बर्ष २९ को बलराम बिश्वासलाई जिल्ला मोरङ विराटनगर मनपा वडा नं. १ ईस्टर्न ईन्जिनियरिङ कलेज नजिकबाट पक्राउ गरेको हो । 

गरी सोधपुछ गर्दा निजले जिल्ला मोरङ विराटनगर मनपा वडा नम्बर ७ स्थितमा रहेको ग्यालेक्सी मार्टको विपरित दिशामा घर रहेको अनुप चन्द्र सेठियाको घरको पछाडी पट्टिको कोठामा अफिस जस्तो खोली बसेका अनुप चन्द्र सेठियालाई उक्त रकम बुझाउने गरेको  खुलेको छ । 

पक्राउ पर्नेहरुमा जिल्ला सुनसरी दुहवी नपा ६ बस्ने बर्ष २९ को बलराम बिश्वास,जिल्ला मोरङ विराटनगर मनपा ७ बस्ने बर्ष अ। ५५ को अनुपचन्द सेठिया, ललित सेठिया, बिमल कुमार चिरानिया, श्रवण कुमार साह, भारत देश दरबंगा सुन्दरपुर वडा नं। २ बस्ने बर्ष ३७ को पंकज कर्ण रहेका छन् । 

खानतलासी गर्दासामानहरू सहित ६ जना मानिसहरूलाई पक्राउ गरी ठगि मुद्दामा म्याद थप भई अनुसन्धान गरिरहेको छ ।

खानतलासी गर्दासामानहरू सहित ६ जना मानिसहरूलाई पक्राउ गरी ठगि मुद्दामा म्याद थप भई अनुसन्धान गरिरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan