Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विकास र समृद्धिको लागि कांग्रेसको विकल्प छैन : नेता लेखक

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २ शनिबार
newsabhiyan
newsabhiyan

कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एवम् कञ्चनपुरको क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार रमेश लेखकले नेपाली जनताको  विकास र समृद्धिको चाहना कांग्रेसले मात्र पूरा गर्ने भएकोले नेपाली कांग्रेसका उम्मेदवारहरुलाई अध्यधिक मतले विजयी बनाउन मतदातासमक्ष अनुरोध गर्नुभएको छ ।

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको प्रचार प्रसार अन्र्तगत भीमदत्त नगरपालिकाको १४ र १६ नम्बर वडामा बिहिवार आयोजित चुनावी सभालाई संबोधन गर्दै नेता लेखकले सो कुरा बताउनुभएको हो । “ हामीले संविधानसभाबाट संविधान जारी गरेर राजनीतिक परिवर्तनको लक्ष्य हासिल गरी स्थापित गरिसकेका छौ ” नेता लेखकले भन्नुभयो,“ तपाई हामी सबैमा देशलाई विकसित मुलुकको दाँजोमा पुर्याउने, यही रोजगारी सिर्जना गर्ने र सम्पन्न बन्ने चाहना छ, त्यसलाई कांग्रेसले मात्र पूरा गर्न सक्छ , यो चुनाव जितेपछि हाम्रो सरकार त्यही काममा लाग्नेछ ।”

उहाँले जनताको विकास र समृद्धिको चाहना पूरा गर्न अहिले नेपाली कांग्रेसलाई सबै जनताको सहयोग र समर्थन चाहिएको बताउदै आसन्न चुनावमा प्रतिनिधि सभा र प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई अत्यधिक मतले विजयी बनाउन  पनि आग्रह गर्नुभयो ।

‘दोधारा–चाँदनी सुख्खाबन्दरगाहा निर्माण, महाकाली करिडोर हुदै त्रिदेशीय नाका बनाउने विकास हुन्छ’ नेता लेखकले भन्नुभयो,‘ संविधान निर्माणको काममा संलग्न भैरहेको बेलामा पनि हामीले सडक,पुल,खानेपानी, सिंचाई,स्वास्थ्य र शिक्षाका क्षेत्रमा धेरै काम गरेका छौ।‘ उहाँले कांग्रेसको सरकारको पालामा अरुको पालामा भएको विकासको तुलना गर्न पनि मतदातासंग आग्रह गर्नुभयो ।

चुनावी सभालाई प्रदेशसभा (क) का उम्मेदवार यज्ञराज जोशी र प्रदेश सभा –ख) का उम्मेवार बेलबहादुर रानाले समेत सम्बोधन गर्नुभएको थियो । उहाँले आफु लामो समयदेखि पार्टिमा लागिपरेको र विकासका लागि आफू  लागि पर्ने बताउनुभयो ।उहाँले नेपाली काँग्रेस नै  मुलुकको विकासको मुख्य पहरेदार पार्टी भएको भन्दै भोट दिएर जिताउन सबैलाई आग्रह गर्नुभयो । उहाँलेकञ्चनपुरमा नेपाली कांग्रेसको बिजयलाई कुनै गठबन्धनले रोक्न नसक्ने बताउनुभयो ।
बिहीबार भएका चुनावी आमसभामा विभिन्न पार्टीका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

भीमदत्त नगरपालिका १४ र १८को खैरबट्टी गरि ५० जना साथै वडा नम्बर १६ मा आयोजित चुनावी कार्यक्रममा दुईदर्जन अन्य पार्टीका कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan