Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काँग्रेस अब जन्मदेखि मृत्यु संस्कार सम्म हेर्ने (गगनले गरे यस्तो वाचा भिडियो)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २ शनिबार
newsabhiyan

काठमाडौं। नेपाली काँग्रेसले जन्मिनु अघि कोखमा रहेको बेलादेखि मृत्युसम्मका संस्कारमा राज्यको अनुभुति दिलाउने एकिकृत सामाजिक सुरक्षा अवधारणा अघी सारेको छ। यो अवधारणालाई काँग्रेसले कोखदेखि शोकसम्मको भन्ने लक्ष्य राखेको छ । काँग्रेस अब जन्मदेखि मृत्यु संस्कार सम्म हेर्ने भएको हो ।

काँग्रेसका तर्फबाट नेता गगन थापाले  यस्तो कुरा खुलासा गरेकाहुन् । नेपाली काँग्रेसले आफ्नो घोषणापत्रको सारसंक्षेप यसलाई प्राथमिकताका साथ सार्वजनिक गरेको छ। काँग्रेस प्रचार प्रसार उपसमितिका संयोजक गगन थापाले यसको बारेमा काँग्रेसको तर्फबाट भिडियो समेत जारी गरेका छन्।

वृद्ध भत्ताको नाममा एमालेले राजनीति गरिरहँदा काँग्रेसले कोखमा रहेको बच्चादेखि व्यक्तिको मृत्युसम्मका संस्कारमा राज्यको भूमिका रहने गरि एकिकृत सामाजिक सुरक्षा अवधारणा ल्याएको हो।

यो अवधारणको पहिलो चरणमा कोखमा बच्चा रहेको बेलादेखि बच्चा जन्मेको १ हजार दिनसम्म आमा र शिशुको लागि पोषिलो खाना उपलव्ध गराउन पोषण कुपन उपलव्ध गराउने काँग्रेसले जनाएको छ।

शैक्षिक संस्थामा आवास, खाना, छात्रवृती, ससर्त नगद हस्तान्तरण र ल्यापटप साइकल जस्ता प्रोत्साहन पुरस्कार उपलव्ध गराउने काँग्रेसको एकिकृत सामाजिक सुरक्षा अवधारणाको दोस्रो चरणमा उल्लेख छ।

त्यसैगरि तरुण सीप वृतीलाई पनि एकिकृत सामाजिक सुरक्षा अवधारणामा काँग्रेसले समेटेको छ। यूवा स्वरोजगार एवं वेरोजगार भत्ता उपलव्ध गराउने जनाएको छ।

 

काँग्रेसले अनिवार्य स्वास्थ्य वीमा साथसाथै कृषी, पशुधन दुर्घटना र वेरोजगारी सुरक्षा बीमाको अवधारणालाई पनि ल्याएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan