Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मनाङेको ‘गुण्डाभेला’:अपरिचित अनुहारले धम्क्याउँदा आतंकित

डेढदर्जन ‘सेनामेना’ गाउँलेको कब्जामा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २ शनिबार
newsabhiyan
newsabhiyan

काठमाडौं । ‘गुण्डानाइके’ दिपक मनाङे उर्फ राजिव गुरुङले आफ्नो चुनावी प्रचारप्रसारका नाममा रसुवा, नुवाकोट र धादिङबाट गुण्डा ओसारेर मनाङका विभिन्न स्थानमा ‘गुण्डाभेला’ गराएका छन् ।

उसले ओसारेका अपरिचित अनुहारले स्थानीय युवालाई धम्की दिँदा मनाङका मतदाता आतंकित बनेको बताइएको छ । गएराती स्थानीय युवालाई धम्की दिइरहेको अवस्थामा मनाङेका करीव डेढ दर्जन ‘सेनामेना’ गाउँलेको कब्जामा परेका छन् ।

गुण्डानाइकेको विवादास्पद छवी बनाएका मनाङे चुनावी दिन नजिकिँदै जाँदा सर्मनाक हार व्यहोर्नु पर्ने अवस्था बुझेपछि बाहिरी जिल्लाबाट गुण्डा ओसार्न थालेका हुन् । यसैक्रममा आफ्ना सेनामेना गाउँलेको कब्जामा परेपछि मनाङे घाइते  जस्तो अवस्थामा पुगेको बताइएको छ ।

राजनीतिको ‘र’ सँस्कार नभएका र केही वर्षमै आधा दर्जन बढी दल बदली गरेका मनाङे यतीबेला एमालेको समर्थनमा मनाङको ख प्रदेशबाट स्वतन्त्र उमेदवार बनेका छन् । राजधानीमा डनको प्रभाव बढ्दै जाँदा देखिएको अशान्तिलाई नियन्त्रणमा लिन प्रहरीले ‘इन्काउन्टर नीति’ अवलम्वन गरेपछि त्यसबाट बच्न उनी निर्वाचनको शरणमा पुगेका हुन् ।

डन मनाङेको निमन्त्रणलाई स्वीकार्दै मनाङ पुगेका अपरिचित अनुहारले स्थानीय युवालाई जवर्जस्त मनाङेको चुनावी प्रचारमा हिँड्न अन्यथा ‘जे पनि हुने र गर्ने’ धम्कीको भाषा प्रयोग गर्ने गरेको बताइएको छ ।

आफ्नै गृहजिल्ला भएकाले सकेसम्म त्यसरी युवालाई धम्क्याइएको स्थानमा मनाङे स्वयम् भने देखा पर्ने गरेको छैन । शुक्रबार राती माथिल्लो मनाङमा त्यसरी नै स्थानीय युवालाई धम्की दिइरहेको अवस्थामा डेढ दर्जनको संख्यामा रहेका अपरिचित युवाको समूहलाई स्थानीयले नियन्त्रणमा लिएर तत्काल जिल्ला छाड्न चेतावनी दिएको बताइएको छ ।

आफ्ना सहयोगी गाउँलेको नियन्त्रणमा परेको खबर पाएपछि गुण्डानाइके दिपक मनाङेले स्थानीयवासीलाई टेलीफोनमै धम्क्याएको पनि समाचार स्रोतले बतायो । स्थानीयवासीले आफूहरुले अपरिचित युवाको समूहलाई नियन्त्रणमा लिएको प्रहरीलाई जानकारी दिएपछि प्रहरीले पनि उनीहरुलाई जिल्ला छाड्न चेतावनी दिएको बताइएको छ ।

तर, यो समूह बाहेक अन्य अपरिचित अनुहारका सन्दर्भमा भने प्रहरी प्रशासनले पर्यटकिय क्षेत्र भएकाले को पर्यटक, को चुनावी बहानामा आएको भन्ने छुट्याउन गाह्रो भएकाले सबैलाई एउटै दृष्टिले हेर्न गाह्रो परेको जनाएको छ । यद्यपि, अपरिचित व्यक्ति वा समूहले निर्वाचनका सन्दर्भमा चासो लिएको पाइए आफूलाई तत्काल खबर गर्न प्रहरीले जानकारी दिएको छ भने त्यस्ता युवामाथि कडा कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

अपरिचित अनुहार मनाङमा देखिन थालेपछि चुनावी प्रचारका क्रममा झडप हुने आशंका मनाङबासीले गर्न थालेका छन् । केही दिन अघि काँग्रेसका सक्रिय सदस्य समेत रहेका जिल्लाका दलित नेता घ्यालनचोकका गम्भीरजंग विकमाथि एमालेको ठूलो जत्था गएर आफ्नो बारीमा काम गर्दै गरेको अवस्थामा कुटपिट गरेको थियो भने मनाङेकै आदेशमा केही अघि होटल व्यवसायी कर्मा वाङदी र टासी छिरीङलाई अपहरण गरी उनीहरुको साथमा भएको रकम लुटेको उजुरी प्रहरीमा परेपछि चुनावी खर्च ल्याएको आशंकामा आफूहरुले खोसेको भन्दै प्रहरीलाई पैसा फिर्ता गर्नुका साथै लिखितरुपमै माफि मागेपछि उक्त प्रकरण सहमतिमा टुंग्याइएको थियो ।

देश व्यापी निर्वाचनको पूर्व सन्दर्भमा विभिन्न घट्नाक्रम बढीरहेको र मनाङका सन्दर्भमा पनि जिल्ला बाहिरका अपरिचित अनुहार सलवलाउँदा पनि प्रहरी र प्रशासनले अन्योलता जनाउनुले निर्वाचनको दिन नजिकिँदै जाँदा अप्रिय घट्ना घट्ने संकेत गरेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan