Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘नेता र मतदाताको सन्तानको भिन्नता’

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ४ सोमबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, ४ मंसिर । वक्त न्यूजको समाचार हो यो । नेपालमा पनि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुनगइरहेको छ । स्थिति ठ्याक्कै मेल खान्छ ।

नेताका सन्तान सुख, सुविधा र सम्पन्नताको शिखरमा छन् र कुनै पनि नेता गरीव छैनन्, जनतासँग चन्दा र विश्वास जितेर चुनाव लड्ने र जित्ने अभियानमा छैनन् । सबै नेतासँग सम्पत्ति छ र सम्पत्तिको रोव, रवाफ देखाएर चुनाव हुनगइरहेको छ ।

मतदाता भूकम्प गएको ३० महिनापछि र बाढीपहिरो गएको वर्षदिनपछि पनि च्यातिएको त्रिपाल र शीत चुहिने टालटुले खरको छानामुनी मुन्टो लुकाइरहेका छन् । तिनै गरिब मतादताले सम्भ्रान्त शेखजस्ता नेताहरुलाई प्रदेश र प्रतिनिधिसभामा प्रतिनिधि बनाएर पठाउनु पर्ने बाध्यता छ ।

नेताप्रति जनताको विश्वास छैन, तर मतदान गर्नैपर्छ । नो भोटको प्रावधान पनि छैन । कुन कम बदमास भनेर मतदान गर्नुपर्ने छ गरीव र असहाय मतदाताले । नेपालको चुनाव वक्त न्यूजले प्रकाशन गरेको यही कार्टुनजस्तो हुन गइरहेको छ ।

एक त पर्यटक उमेदवार त्यसमाथि पैसाको छेलोखेलो । जसले बाहुबली र मनीबल प्रयोग गर्छ, यो चुनाव उसैले जित्ने पक्का छ भन्छन् विश्लेषकहरु ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan