Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रकाशको फेसबुक एकाउन्ट आफैँ परिवर्तन: लेखियो ‘Remembering Prakash Dahal ’

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ४ सोमबार
newsabhiyan
newsabhiyan

काठमाण्डौ । सामाजिक संजाल फेसबुकले कुनै पनि फेसबुक प्रयोगकर्ताको निधन भइसकेपछि सोही अनुसारको जानकारी दिन्छ भन्ने कुरा सुनिएको थियो । यो कुरा प्रकाश दाहालको फेसबुकबाट पुष्टी भएको छ । आइतबार निधन भएका दाहालको आधिकारिक फेसबुक प्रोफाइललाई फेसबुक आफैँले परिवर्तन गरिदिएको छ ।

फेसबुकले दाहालको फेसबुकमा अहिले उनको प्रोफाइलको नाम माथि ‘Remembering Prakash Dahal ’ भन्ने शब्द हालिदिएको छ जुन  मृत्यु भईसकेको मानिसको फेसबुकको एकाउन्टमा आफै देखिन्छ ।

साथै उनको प्रोफाइल माथि फेसबुकले ‘Remembering Prakash Dahal’ देखिएको छ, जहाँ

( We hope people who love Prakash will find comfort in visiting his profile to remember and celebrate his life. ) भन्ने  भन्ने अंग्रेजी वाक्य छ  ।  फेसबुकले प्रयोगकर्ताको मृत्यु भईसकेपछि उसको एकाउन्टलाई आफै memorialized accounts को रुपमा परिवर्तन गर्छ भन्ने कुरा यस कुराले प्रमाणित गरेको छ ।

विश्वमा झन्डै आधा जनशंख्याले फेसबुक चलाउँछन् । ति मध्ये दैनिक हजारौंको मृत्यु भईरहेको हुन्छ । फेसबुक आफैले जो-जो प्रयोगकर्ता मर्छन, सबैको एकाउन्ट परिवर्तन गर्न भने सक्दैन । तर जो व्यक्ति मर्छ र उसलाई समवेदना भन्दै उसको फोटो सेयर गर्ने तथा फेसबुक मार्फत दु:ख व्यक्त भएपछी फेसबुकले त्यस्ता व्यक्तिको एकाउन्टलाई memorialized accounts को रुपमा परिवर्तन गरिदिन्छ । 

आइतबार मृत्यु भएका प्रकाश दाहालको फोटोहरु सामाजिक संजालमा हजारौं-लाखौँले श्रद्धान्जली दिंदै पोष्ट गरेको कारण पनि फेसबुकले उनको मृत्यु भएको भन्ने बुझेर उनको फेसबुक परिवर्तन गरेको हुन सक्छ । लगातार फेसबुकमा प्रकाश दाहालकको फोटो हाल्दै उनको मृत्युबारे पोष्टहरु सेयर गरिएका थिए ।

माथिको बिषयलाई प्रमाणित गर्ने आधारहरु पनि छन् । फेसबुकको नीति अनुसार अब प्रकाश दाहालको फेसबुकको पासवर्ड कसैलाई थाहा छ भने पनि अन्य व्यक्तिले उनको एकाउन्ट खोल्न सक्दैन । किनकी फेसबुक पोलिसी अन्तर्गत memorialized account को पाँचौं बुदामा यस्तो एकाउन्ट कसैले खोल्न नसक्ने कुरा उल्लेख गरिएको छ ।

प्रयोगकर्ता मरेपछि उसको फेसबुक एकाउन्टआई फेसबुकले आफसेआफ  memorialized accounts बनाउँछ ।

साथै फेसबुकले दाहालको फेसबुक एकाउन्टबाट friends, following र message को अप्सन पनि हटाइदिएको छ । तपाइँले पनि स्वर्गीय प्रकाश दाहालको फेसबुकमा क्लिक गरि उक्त परिवर्तन हेर्न सक्नुहुनेछ ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan