Friday 20th of July | २०७५ श्रावण ४ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से आजपनि घट्दै, तीन दसमलव १३ अंंकले घट्दा तीन करोड १६ लाखको किनबेच

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ५ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ५ मंसिर । नेप्से आज पनि घट्दै गएको छ । साताको तेस्रो दिन मंगलबार मध्यान्ह १२ बजेसम्म नेप्से तीन दसमलव १३ अंकले घटेको छ भने सेन्सिटिभ शुन्य दसमलव ६४ अंकले घटेको छ ।

यसबिचमा नेप्सेमा कुुल ८९ कम्पनीहरुको पाँच सय ६० वटा कारोवारमा एक लाख १० हजार आठ सय ५६ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम तीन करोड १६ लाख २२ हजार चार सय ६० रुपैयाँ पुुगेको छ ।

मध्यान्हसम्म नौ वटा समुहको कारोवारमा भएकोमा बिकास बैंक समुहको सुचक सामान्य अंकले बढेको देखिएपनि बाँणिज्य बैंक, बिमा, जलबिद्युुत सहितका आठ वटा समुहको सुचक घटेका छन् ।

यसबिचमा ग्रिन डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ८४ पैसाले बढेर पाँच सय ५८ रुपैयाँमा सेयर कारोवार भएको छ भने सिभिल लघुबित्त बित्तीय संस्थाको सेयर मुल्य चार रुपैयाँ १३ पैसाले घटेर एक हजार २१ रुपैयाँमा सेयर किनबेच भएको छ ।

यसबिचमा मञ्जुश्री फाईनान्सको एक सय ३९ रुपैयाँ अन्तिम मुल्यमा ३१ लाख ५५ हजार एक सय ८६ रुपैयाँको सेयर किनबेच भएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan