Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाल दिवसको दिन एनजिओलाई यी बालकले दिए कडा जवाफ, आखिर को हुन् यी बालक ? (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ५ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ५ मंसिर । बालबालिका अनि बाल अधिकार सम्भवत आजको बिश्वमा सबैभन्दा धेरै सुनिने शब्द अनि बिषयहरुमा पर्दछ । संयूक्त राष्ट्रसंघको बालअधिकार महासन्धीलाई आज उदृत गर्न चाह्यौं, यस अनुसार देशको बिशेष कानुनले तोके बाहेक बिश्वव्यापी रुपमा १८ बर्ष या कम उमेरका जनसख्यांलाई बालबालिका भन्दछ ।

सम्पूर्ण देश अनि समुदाय यी बालबालिका मैत्री बातावरण र कानुन तर्जुमा गर्न समेत यस महासन्धीले उत्प्रेरणा दिएको छ ।

बाल दिवसलाई विभिन्न देशमा भिन्दा भिन्दै मितिमा मनाउदै आएको भएता पनि अन्तर्राष्ट्रिय रुपमा भने प्रत्येक बर्षको नोभेम्बर २० तारिकमा मनाइन्छ ।

संयुक्त राष्ट्रिय सघंद्धारा १९५४ नोभेम्बर २० तारिकमा बिश्व भरीका बालबालिकाहरुको आधारभुत आवश्यक्ताहरु पुर गरी उनीहरुमा खुसियाली शान्ती र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन शुरु गरिएको हो । जसमा बालबालिकाहरुको हक अधिकार माथि छलफल गरी उनीहरुको आधारभुत अधिकार समेत तोकिएको थियो ।

बालबालिकाहरुलाई मन नपराउने मान्छे सायदै होलान । उनीहरुको निर्दोशपन, उनीहरुको मुस्कान, अनि उनीहरुको त्यो तोते बोलीमा फिदा नहुने मन्छे पनी सायदै होलान । कस्लाई बालबालिकासँग खेल्ने रहर नहोला र ? कस्लाई उनीहरुसँग रमाउने रहर नहोला र ? बालबालिकाहरु भोलिको देशका भविष्य हुन ।

भोलि बिश्व मै ठूला ठूला परिवर्तन ठूला ठूला आविष्कार गरी संसारलाई रुपान्तरण गर्न सक्ने क्षमता भएका आजका अवोध प्राणी हुन । उनीहरुको हिफाजत गरी उनीहरुको शारिरीक, मानसिक, सामाजिक र शैक्षिक बिकाशका लागि बिश्व भरीका देशहरु र प्रत्येक देशका प्रत्येक नागरिकहरुले आ(आफ्नो तर्फबाट आ(आफ्नो सहयोग पुर्यानु अपरिहार्य छ ।

अन्तर्राष्ट्रिय बाल दिवसको मुख्य उदेश्य भनेकै बालबालिकाहरु माथि भईरहेको हिसां र दुब्यबहारहरुको निराकरण गरी उनीहरुको व्यक्तित्वको बिकास नरोक्किने खालको सहज परिस्थितीको जगेडा गर्नु हो ।

संसारको जुनसुकै समुदाय वा जुनसुकै ठाउँ होस् चाहे त्यो हामीले काम गर्ने कार्यालय होस् या त हामीले खाजा खाने होटल, चाहे हामी चढ्ने सार्वजनीक सवारी साधन होस् या त कुनै अपराधिक गतिबिधी नै या त कसैको घर भित्र नै ती प्रत्येक ठाउँहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बालबालिकाहरुको दुरुपयोग गरी उनीहरु माथि हिसां र दुर्ववहार भई राखेको नै हुन्छ । कतै हामीले प्रत्यक्ष रुपमा देखेका हुन्छौ भने कतै हामीले देखि देखि पनि बिचार पुर्याइ राखेको हुँदैनौं ।

बाल अधिकार अन्तरगत बाच्न पाउने अधिकार, खान पाउने अधिकार, स्वच्छ पानी पिउन पाउने अधिकार, शिक्षाको लागि अधिकार, स्वस्थ्यको लागि अधिकार, सुरक्षा र स्वतंत्रताको अधिकार, पहिचानको लागि अधिकार र खेल्न पाउने अधिकार लगायतका अधिकारहरु पर्दछन् ।

तर पनि कैयन बालबालिकाहरुको सामान्य रोगकै कारण बिवस भई अकालमै मृत्यु भईराखेको छ, कैयन बालबालिकाहरु शिक्षाबाट अझै पनि बञ्चित छन्, खाना खान नपाएर कैयन बालबालिकाहरु कुपोषणको शिकार भईराखेका नै छन्, द्धन्दको चपेटामा परेर कैयन बालबालिकाहरु शान्त बातावरणका लागि छटपटाई राखेका छन् र यस्ता अन्य थुप्रै समस्याहरुबाट ती निर्दोश बालबालिकाहरु अनायासै जेलिएका छन् ।

सोमबार अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइयो।
यसै क्रममा ललितपुरको पुल्चोकमा विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले बालअधिकार बारे सार्वजनिक सवारीसाधनमा काम गर्ने नाबालक सहचालकहरुलाई पनि जानकारी गराए। तर ललितपुरको लगनखेलबाट उपत्यकाका विभिन्न रुटमा चल्ने सवारीसाधनका सहचालकले भने आश्चर्य जनक प्रतिक्रिया दिएका छन्।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan