Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से सुचकमा सामान्य बृद्धि, कारोवार रकम बढेन (तालिका सहित)

कसले कमायो–कसले गुमायो ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ५ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ५ मंसिर । साताको तेस्रो कारोवार दिन मंगलबार नेप्से सामान्य अंकले बढेको भएपनि कारोवार रकम भने अघिल्लो दिन कै बराबर रहेको छ ।

नेप्से आज तीन दसमलव आठ अंकले बढेर १४ सय ७२ दसमलव २४ अंकमा कायम रहेको छ भने सेन्सिटिभ शुन्य दसमलव ९२ अंकले बढेर तीन सय १० अंकमा कायम रहेको छ ।

नेप्सेमा आज सबैगरी कुुल एक सय ५९ कम्पनीहरुको चार हजार दुुई सय ९० वटा कारोवारमा आठ लाख ४२ हजार छ सय ८२ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३५ करोड आठ लाख १८ हजार दुुई सय ५१ रुपैयाँ पुुगेको छ ।

आज नेप्सेमा १० वटा समुहको कारोवार भएकोमा छ वटा समुहको सुचक बढेकाछन भने चार वटाको घटेकाछन । बाँणिज्य बैंक समुहको सुचक पाँच दसमलव ५९ अंकले बढेर १२ सय ६१ दसमलव ८५ अंकमा कायम रहेकोमा १२ करोड २३ लाख ६७ हजार रुपैयाँको कारोवार भएको छ ।

जलबिद्युुत समुहको सुुचक पनि आज छ दसमलव ६५ अंकले बढेर १८ सय ५५ दसमलव ६० अंकमा कायम रहेकोमा दुुई करोड १० लाख ८० हजार दुुइ सय रुपैयाँको सेयर कारोवार भएको छ । बीमा समुहको सुचक १४ दसमलव ९५ अंकले बढेर सात हजार आठ सय ९९ दसमलव छ अंकमा कायम रहेकोमा सात करोड १६ लाख ५१ हजार छ सय रुपैयाँको कारोवार भएको छ ।

ट्रेडिङ, होटल र लघुबित्त समुहको सुचकपनि आज सामान्य अंकले बढेका छन् । बिकास बैंक समुहको सुचक भने आज तीन दसमलव २३ अंकले घटेर १७ सय २३ दसमलव ८२ अंंकमा कायम रहेकोमा एक करोड ९१ लाख २१ हजार चार सय रुपैयाँको कारोवार भएको छ । यसबाहेक फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि आज घटेका छन् ।

आज बढी कमाउने कम्पनीको सुुचीमा ग्रिन डेभलपमेन्ट बैंक परेको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा प्रोग्रेसिभ फाईनान्स परेको छ । रकम कारोवारका आधारमा भने नागवेली लघुबित्त बिकास बैंकको संस्थापक सेयर अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम   कारोवार भएको मुल्य  बढेको मुल्य
ग्रिन डेभलपमेन्ट बैंक      ५५८ ९.८४
२  बिशाल बजार कम्पनी     २०७० ९.८१
३  अरुण कावेली हाईड्रो पावर    ३५१  ४.४६
४  सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी  १५३   ४.०८
५  मितेरी डेभलपमेन्ट बैंक     ४८२ ३.६६

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य घटेको मुल्य
प्रोग्रेसिभ फाईनान्स      २१८  ६.०३
एक्सेल डेभपमेन्ट बैंक     ३९१   ५.०९
जेविल्स फाईनान्स       १३६ ४.२२
मिसन डेभलपमेन्ट बैंक      २७०  ३.५७
५  देव बिकास बैंक     १८५   ३.१५

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम   कारोवार भएको रकम अन्तिम मुल्य
१  नागवेली लघुबित्त बिकास बैंक (संस्थापक)   ४२६६०००० १८००
२  एभरेष्ट बैंक       २५८३७६६३ ११५५
नेपाल लाईफ इन्स्योरेन्स    १३२३६०३४ १८९०
४  प्राईम लाईफ इन्स्योरेन्स    ११७८८३८४ १८०५
चिलिमे हाईड्रो पावर कम्पनी   ९३३८४५६  ८३०

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan