Sunday 22nd of April | २०७५ बैशाख ९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रचण्ड, प्रकाश र चर्चा: न हाँसेको राम्रो, न रोएको ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ५ मंगलबार |
newsabhiyan
newsabhiyan

अन्तर समझ, काठमाडौं,५ मंसिर ।   एउटा खाइलाग्दो नेता जन्मेको हो प्रचण्डको रुपमा । तर जंगलबाट सत्तामा र सत्ता, संसद र चुनाव गर्दा गर्दै खाइदेउ भएर निस्किए । प्रचण्डजत्तिको दह्रो नेता अर्को नेपाली राजनीतिमा देखिन्न ।

तर प्रचण्डको दह्रो पनामा जरोचाहिं देखिएन । जरो नभएपछि जति बलिष्ट भए पनि के गर्नु, जुनसुकै बेला डङ्रङ्ग मुडोजसरी बजारिन्छ ।

जनयुद्धमा प्रचण्डले नकाम गरेकै हुन् । उनले माफी मागेनन् । पटक पटक मौका पाए, जनतासँग माफी मागेर जनयुद्धकालीन मुद्दाहरु फस्र्यौट गरेर संक्रमण समाप्त गरेर शान्ति बहाल गर्नुपर्ने हो, राजनीति र आर्थिक लाभका लागि उनले कहिल्यै यतातिर सोचेनन् ।

१९४० देखि ६९ सम्म सांस्कृतिक क्रान्तिमा होमिएका माओत्से तुङले कति मान्छे मारे मारे । तर उनले जनताका सामु घुँडा टेकेर माफी मागे । माफी मागेर माओ सानो भएनन्, जनताले उनलाई माफी दिए, आजसम्म सम्मानित छन् ।

तिनै माओले राखेको जगमा आजको आर्थिक र सामरिक शक्तिशाली चीन खडा छ, जसलाई सी जिनपिङले ऐतिहासिक रुपमा दोस्रो कार्यकालका लागि हाँकिरहेका छन् ।

प्रचण्ड त माओवादी मात्र हुन् । उनले जनयुद्धकालमा १७ हजार मारे, उनले पछुतो गर्नुपर्दैन ? उनले ती १७ हजारका परिवारजनसँग माफी मागेको भए, देशका सामु शीर झुकाएर पश्चाताप गरेको भए प्रचण्ड पुज्य हुनसक्थे । यसकारण प्रचण्ड हाँसेको राम्रो भएन ।

मंसिर ३ गते प्रचण्डपुत्रको देहावसान भयो । यो बज्रपात प्रचण्डको छातीमा, जीवनमा बज्रियो । यो बज्रपात कुनै पिताले भोग्नु नपरोस् भन्दाभन्दै पनि प्रचण्डले भोग्नुप¥यो । यतिबेला पनि प्रचण्डले देशका सामु आफूलाई समर्पित गर्नसक्थे, सम्मानित हुनसक्थे ।

प्रचण्डजस्ता पहाड व्यक्तिले आफूलाई पर्दा आँसु खसाले तर राष्ट्रपिता बन्ने संकल्प गर्न सकेनन् । यसकारण प्रचण्ड रोएको पनि नराम्रो ।

यो विश्लेषण प्रचण्डको खिसी गर्न लेखिएको होइन, न उनको पीडामा नुनचुक छर्न । प्रचण्ड छन्, बरिष्ठ र बलिष्ठ छन्, राजनीतिको केन्द्रमा छन् । उनले देशका लागि बाँकी जीवन दिन्छु भनेको भए, उनको प्रशंसा कसले गर्ने थिएनन् ? हामी प्रचण्ड झुकेको होइन, माटोपुत्र बनेर उठेको हेर्न चाहन्छौं ।

प्रचण्डका प्रकाश र चर्चा
 
 प्रचण्डको नजरमा प्रकाश कस्ता थिए ? तपाईलाई कौतुहल्ता लाग्न सक्छ ।  आइतबार निधन भएका प्रकाश दाहालालाई समयमा नै अस्पताल लगिएको भए बाँच्ने थिए भन्ने तर्क प्रकाश पिता प्रचण्डले खुलेरै भने । आमनागरिकमा पनि कौतुहल्ता कायमै छ ।
 
सेलाएको छैन प्रकाश निधनका तर्कहरु । अघिल्लो दिन साँझसम्म सामान्य ज्वरो मात्र आएको व्यक्तिको कसरी निधन भयो भन्ने जिज्ञासा धेरैमा छ । त्यो स्वभाविक पनि हो । तर ध्रुव सत्य यो पनि हो एक सेकेण्ड पछाडि अर्थात पलपलमा मान्छेको मृत्यू लेखिएको हुन्छ । उता अस्पतालले भने आकस्मिक हृदयाघातबाट निधन भएको भनेर आशंका हटाउने प्रयास गरेको छ ।
 
प्रकाश दाहाल बाबु प्रचण्डको चुनावी कार्यक्रमका लागि केही दिनअघि चितवन पुगेका थिए । पुनः चितवनको कार्यक्रममा फर्किने गरी प्रचण्ड झापाको चुनावी सभालाई सम्बोधन गर्न जाँदा भने छोरा प्रकाश गएनन्, र विसन्चो भएको महसुस गरी काठमाण्डौ फर्किए ।
 
यद्यपी प्रकाश काठमाण्डौ फर्कनुको उद्देश्य चुनावी प्रचारका सामग्री बनाउने तथा व्यवस्थापन गर्ने भनिएको छ । तिनै काम गरेर प्रकाश काठमाण्डौस्थित निवास लाजिम्पाटमा बसिरहेका थिए । उनीसँग आमा सिता र भान्जीहरु मात्रै थिए ।
 
शुक्रबार साँझ बाबु प्रचण्डलाई आमा सिताले प्रकासलाई ज्वरो आएको जानकारी गराएपछि प्रचण्डले प्रकासलाई अस्पताल जान सुझाएका थिए । तर सामान्य ज्वरो आएको र भोलीपल्ट विहानसम्म सन्चो हुने भन्दै प्रकास अस्पताल जान मानेनन् । उक्त दिन प्रकाशले चाउचाउ र जाउलो खाएको पारिवारिक स्रोतले बताउँदै आएको छ ।
 
तर कतिपयले भने अत्याधिक रक्सी सेवन गरेकाले अचानक हृदयाघात भएको आशंका गरेका छन् । प्रकाशले धुम्रपान कहिल्यै नगर्ने र मद्यपान कहिलेकाही गर्ने बुझिएको छ ।
 
केही वर्षअघिसम्म प्रशस्तै रक्सी खाने गरेता पनि पछिल्लो समय प्रकाशको दैनिकी फेरिएको बताइएको छ । रक्सी खाने सवालमा पनि प्रकाश त्यति अग्रसर हुने गरेका थिएनन् ।
 
प्रकाशले खसीको मासु भने अत्याधिक रुचाउँथे । तर उनले खानापान अनुसारको शारीरिक कसरत भने गर्दैनथे ।
नियमित रक्सी खाने कुरा त परै जाओस, उनले महिना दिनसम्म पनि रक्सी नखानई बस्ने गरेका थिए । तर उनले एक दिन रक्सी खाए भने त्यसको भोलीपल्ट पनि खानैपर्ने बानी परेको कतिपयले बताउने गरेका छन् ।
 
चुनावी प्रचार नगई निवासमै बसेका प्रकाशले शुक्रबार र शनिवार पनि मद्यपान गरेको आशंका भने गरिएको छ । घरमा बुबा प्रचण्डसहित श्रीमती बिना पनि नभएको मौकामा प्रकाशले अत्याधिक मद्यपान गरे कि भन्ने आशंका गरिएको हो ।
 
निवासमा आमा सिता र छोरा प्रकाशको सुत्ने कोठा केही दुरीमा रहेको बुझिएको छ । करिब ९ बजे सुत्न गएका प्रकासलाई त्यसपछि कसैले पनि हेरचाह सायद गरेन । सुते भनेर ढुक्क भएको अवस्थामा नै प्रकाशलाई अकस्मात हृदयघात भएको हुन सक्छ ।
 
बुबा प्रचण्डले भनेकै समयमा अस्पताल गएको भए सायद प्रकाशको निधन भैहाल्थेन होला ।
पछिल्लो समय चुनावी दौडधुपमा रहेका प्रकाशको स्वास्थ्यमा देखिने गरी कुनै समस्या भने थिएन । तर उनलाई ग्यास्टिकको समस्या भने थियो । चुनावी दौडधुपमा खानपानको व्यवस्थापन समयमा हुन नसक्ने भन्दै प्रकाशले औषधि पनि खानुपर्ने विषयमा साथीभाइसँग पनि कुराकानी गरेका थिए ।
 
पारिवारिक स्रोतका अनुसार कामको दौडधुपको तुलनामा प्रकाशले खानपानमा भने त्यति ध्यान दिदैनथे ।
 
प्रकाशको निधनले अरुलाई जति शोकाकुल बनायो त्योभन्दा बढि उनकै परिवारलाई विक्षिप्त बनाएको छ । पुष्पकमल दाहालले आफूले छोरो भन्दा पनि साथी गुमाएको प्रतिक्रिया दिनुले पनि बाबुलाई छोराको अभाव व्यवहारिक रुपमा नै खट्किने निश्चित छ ।
 
पछिल्लो सयम प्रकाश विवादबाट टाढा रहेर सबैको मन जित्ने गरी काम गर्दै आएका थिए । बाबु प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको सचिवालयमा रहेर काम गरेका प्रकाशको स्वयम् बुबा प्रचण्डले तारिफ गरेका छन् । प्रचण्डले त कतिपय विषयमा प्रकाशकै निर्णायक भूमिका रहन्थ्यो । प्रकाशले सिकाए अनुसार काम गर्दा सफल भएको प्रचण्डले बताएका छन् ।
 
बाबुलाई सहज बनाउनका लागि प्रकाशले पत्रकार, कुटनीतिज्ञ, राजनीतिज्ञ लगायतसँग पनि राम्रो सम्बन्ध स्थापित गर्दै लगेका थिए ।
 
प्रचण्डकै भाषामा प्रकाशले पछिल्लो समय परिपक्व व्यवहार गर्दै आएका थिए । त्यसैले होला प्रचण्डले पनि प्रकाशलाई भविष्यका सफल राजनितिज्ञ देख्न थालेका थिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan