Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सप्तरीमा मधेशमैत्री पार्टी नेपाली कांग्रेसलाई जिताउन अनुरोध

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ७ बिहिबार
newsabhiyan

राजविराज (सप्तरी),  ७ मंसिर । पूर्व गृह राज्यमन्त्री रामकुमार चौधरीले मधेशका विवेकशील मतदाताले आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा मधेशमैत्री प्रमाणित भैसकेको राजनीतिक दल नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले विजयी बनाउन मतदातासंग अनुरोध गर्नुभएको छ ।

उहाँले राजविराज नगरपालिका वडा नं. १२ मा बुधबार आयोजित पार्टी प्रवेश तथा प्रचार अभियानमा कार्यक्रममा सो कुरा बताउनुभएको हो ।

उहाँले नेपाली काँग्रेसले आफ्नो स्थापनाकालदेखि नै ऐतिहासिक दायित्व निर्वाह गर्दै आएको र आमजनताको राजनीतिक, आर्थिक र मौलिक अधिकारको लागि निरंकुश शासनका विरुद्ध लडेर विजय हासिल गरेको उल्लेख गर्दै मधेशी जनताका सरोकारका विषय पनि नेपाली कांग्रेस बाहेक अरुले संबोधन गरी पार लगाउन नसक्ने बताउनुभयो ।

उहाँले संविधान संशोधन लगायतका काम नेपाली काँग्रेस जिते मात्रै सम्भव हुने भएकाले सबैलाई रुख चिन्हमा मत दिई कांग्रेसका उम्मेद्वारलाई बिजय बनाउन आग्रह गर्नुभयो ।

क्षेत्र नं. २ को प्रदेश(क) का प्रदेश सभामा नेपाली काँग्रेसका उम्मेदवार महानन्दप्रसाद यादवले “मधेशको पहिचान र नेपाली काँग्रेसको अभियान”को मुल नाराले मधेशी जनताको मन छोएको बताउनुभयो । उहाँले संविधान संशोधन र मधेशी जनताको पहिचान सहितको सम्मानका साथै विकासका लागि नेपाली काँग्रेस भन्दा विश्वसनीय राजनीतिक दल अरु नभएको बताउदै नेपाली काँग्रेसलाई बिजय बनाउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा स्थानीय तहको निर्वाचनमा राजविराज नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष पदमा राजपा पार्टीको बागी स्वतन्त्र उम्मेदवार दिइएका राजकुमार यादवको नेतृत्वमा एक सय एक जनाले पार्टी प्रवेश गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेदवार तथा पूर्व सांसद सकलदेव सुतिहार, प्रदेश नं. २ का समानुपातिक उम्मेदवार राधाकान्त देव, सप्तरीका जिल्ला सचिव राम कुमार यादव, महाअधिवेश प्रतिनिधि सदस्य ईरसाद अन्सारी, दलित संघ सप्तरीका सभापति भुवनेश्वर साफी लगायतका वक्ताले नेपाली काँग्रेसलाई बिजय गराउन अनुरोध गर्नुभएको थियो ।

कार्यक्रम पार्टी सभापति श्यामप्रसाद यादवको अध्यक्षतामा  सम्पन्न भएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan