Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जनता भन्छन - ज्ञानेन्द्र ईज द बेस्ट

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ७ बिहिबार
newsabhiyan
newsabhiyan

टाेमराज मेहता, सुनसरी, ७ मंसिर । दोश्रो चरणमा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन आउन  दुई हप्ता बाकी रहदा सुनसरी क्षेत्र नम्बर ४ का जनता ज्ञानेन्द्र ईज द बेस्ट भन्न थालेपछी अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्की चर्चामा आएका छन् ।

सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली काङ्ग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र वामगठबन्धनका उम्मेदवार रमेश श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुन थालेपछि मतदाताहरुले ज्ञानेन्द्र ईज द बेस्ट उम्मेदवार भन्न थालेका हुन  ।

मधेसी समुदायको बाहुल्यता रहेको सुनसरी क्षेत्र नम्बर ४ मा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको पुर्ण समर्थन रहेको र यस क्षेत्रका मतदाताहरुलाई कार्कीको पक्षमा माहोल सृजना गरि मतदान गर्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई उपेन्द्र यादवले अनुरोध गरेको हुँदा काङ्ग्रेसका कार्की बलियो उम्मेदवारका रुपमा देखिएको फोरम नेपाल सुनसरीका नेता महेन्द्र यादव बताउछन् ।

राष्ट्रिय राजनितीमा पहुँच भै जनताको सेवामा समर्पित रहदै आएको अर्थ मन्त्री कार्कीले सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकाले स्थानीय नेता देखि कार्यकर्ताहरुले जिताउन दिनरात कसरत गरिरहेका छन् ।

निर्वाचन आउन दुई हप्ता बाकी रहदा सुनसरी क्षेत्र नम्बर ४ का मतदाताहरुले अर्थ मन्त्री जस्तो व्यत्तिलाई जिताउन अति आवश्यक रहेको ठहर गरेका छन् ।

अर्थ मन्त्री कार्कीको विकल्प नरहेको र यो क्षेत्रमा विकासका गर्न सक्ने क्षमतावान दक्ष  केन्द्रीय पहुँच भएका र संघर्षशिल काङ्ग्रेसका नेता कार्कीले नै यो क्षेत्रमा जित हासिल गर्ने राजेन्द्र प्रसाद मेहताले बताए ।

सुनसरी क्षेत्र नम्बर ४ विकास बिहिन क्षेत्र हो,  कोशी बाढीपीडित समस्या, कोशी टप्पु वन्यजन्तु आरक्ष समस्या, सिमावर्ती क्षेत्रमा चोरी समस्या र कृषकहरुको सम्पुर्ण समस्यालाइ सम्बोधन हुने गरि कार्य गर्ने काङ्ग्रेसका उम्मेदवार कार्कीले प्रतिवद्द्ता व्यत्त गरेकोले मतदाताहरुमा बिश्वासको वातावरण सृजना भएको हुँदा कार्कीको बिजयी सुनिश्चित भएको काङ्ग्रेस नेता मेहताले बताए  ।

वामगठवन्धनका उम्मेदवार रमेश श्रेष्ठको पक्षमा पनि माहोल भएतापनि काङ्ग्रेसको संगठन बलियो , फोरम नेपालको समर्थन र फोरम लोकतान्त्रिक काङ्ग्रेसमा विलय भएको हुँदा त्रिपक्षीय सहयोग तथा सुनसरी क्षेत्र नम्बर ४ का मतदाताहरुको पुर्ण समर्थनले भारी मतले अर्थ मन्त्री कार्की बिजयी हुने निश्चित भएको काङ्ग्रेस नेता शिवहरी श्रेष्ठले बताए ।

आर्थिक, विकास र समृद्धिका लागि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले भुमिका खेल्ने जनतामा बिश्वास पलाएको छ ।

यस निर्वाचन क्षेत्रमा असन्तुष्ट रहेका नेता कार्यकर्ताहरु कार्कीलाई सहयोग गर्न थालेपछि वामगठवन्धबनका उम्मेदवार श्रेष्ठ भन्दा बढी  जनलहर कार्कीको पक्षमा रहेको दिपक रामले बताएका छन । कार्कीलाई हराउन जुनसुकै षड्यन्त्र रचेपनी ज्ञानेन्द्र बहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ मा नहार्ने रामको भनाई छ ।

वर्तमान अर्थ मन्त्री तथा सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले कुराकानी गर्दै भन्नुभयो - घर दैलो अभियानमा मतदाताहरुको उत्साह आफुप्रती सकारात्मक छ ।

जनताको माया स्नेह पाएकोले आफ्नो जित सुनिश्चित भएको ठाेकुवा गर्दै उनले भने जनताको सरसल्लाह सुझाव संकलन गरेको छु , अबको विकासमा टेवा पुरयाउने छु , पुरै समय सुनसरी क्षेत्र नम्बर ४ का लागि खर्चिने छु , जनताको अपरम्पार मायाले यस क्षेत्रलाई बिश्वभरि चिनाउने गरि पर्यटकिय क्षेत्रमा परिणत गरि विकासको मुहार फेर्ने छु ।

मतदाताहरुको घर घरमा पुग्दा सबैले ज्ञानेन्द्र is the best उम्मेदवार भन्न थालेको पाउँदा आफू धेरै नै खुशि भएको कार्कीले बताए । जनतालाई भ्रममा पारी आफू विरुद्ध विभिन्न प्रचारबाजी  गरेकोप्रती आफ्नो ध्यानाकर्षण भएको समेत बताए ।

सुनसरी क्षेत्र नम्बर  ४ का जनताले आफुलाई जिताउने दृढ बिश्वासका साथ चुनावी मैदानमा ओर्लिएको बताउदै अर्थ मन्त्री कार्कीले मतदाताहरुलाई कसैको भ्रममा नपरी काङ्ग्रेसको रुख छाप गाछीमा मतदान गरि अत्यधिक मतले बिजयी बनाउन अनुरोध समेत गरे ।

निर्वाचनको समयमा धेरै हावाहुरी , आधिबेहरि र तुफान आउने भएको हुँदा कोहि कसैसङ्ग नडराईकन निर्धक्क सङ्ग आफ्नो अमुल्य मत काङ्ग्रेसको रुख छापमा मतदान गरि काङ्ग्रेसका उम्मेदवारहरुलाई बिजयी बनाउनेतर्फ  सबैले भुमिका निर्वाह गर्नुपर्नेमा  कार्कीले जोड दिएका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan