Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विकास र समृद्धिका लागि कांग्रेसलाई जिताउन केसीको अपील

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ७ बिहिबार
newsabhiyan
newsabhiyan

जैसीथोक (गुल्मी), ७ मंसिर । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं २ बाट प्रतिनिधिसभाका  उम्मेदवार चन्द्र के.सी.ले विगतमा जनताले चुनेर पठाएका एमालेका नेताहरुका कारण गुल्मीको विकास हुन नसकेको बताउनुभएको छ ।

निर्वाचनको प्रचारप्रसारको क्रममा जिल्लाको जैसिथोक र वस्तुमा आयोजित आमसभामा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले सो क्षेत्रको विकास र समृद्ध गुल्मीको लागि नेपाली काँग्रेसको नेतृत्व अपरिहार्य रहेको बताउदै निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन आग्रह गर्नुभयो ।

विगतमा अधिकांश चुनावमा जितेका ने.क.पा. एमालेका प्रतिनिधिहरुले पटकपटक मौका पाउदा पनि विकास यस पटक कांग्रेसलाई मौका दिन मतदातासंग अनुरोध पनि गर्नुभयो ।

कार्यक्रममा प्रदेस सभाका उम्मेदवार छन्द पहराइ , नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रे पूर्व सांसद रुद्रमणि भण्डारी, महाधिवेसन प्रतिनिधि एवम् चुनाव प्रचार प्रसार संयोजक महेन्द्र भण्डारी , ने.वि.सं केन्द्रिय सदस्य सुदर्शन खनाल लगायतले नेपाली कांग्रेसलाई विजयी बनाएर संविधान तथा लोकतन्त्रको रक्षा गर्दै जिल्लाको विकास गर्न मतदातासंग अपील गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नेकपा एमाले र माओवादी पार्टी परित्याग गरी १७ जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए  ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan