Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बोल्न नसक्ने नेताका कारण विकासमा जिल्ला पछि परेको हो : पोखरेल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ७ बिहिबार
newsabhiyan

खोटाङ,७ मंसिर । छिमेकी जिल्लाको हकमा खोटाङ विकासमा पछि पर्नुको मुख्य कारण केन्द्रमा पुग्ने नेता कमजोर भएकाले जिल्लाले विकासमा कहिल्यै फड्को मार्न नसकेको नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा (क) का प्रत्यक्ष उम्मेद्वार सुवासकुमार पोखरेलले बताउनुभयो । केन्द्रमा पुग्ने नेता तथा सभासद वोल्नलाई डराउँछन् कसरी हुन्छ बिकास उनले थपे, त्यसको असर जिल्लालाई पर्ने गरेको छ । 

आगामी आईतवार हुने प्रतिनिधि तथा प्रदेशसभाको चुनावका लागि विहीवार कांग्रेसले दिक्तेलमा गरेको घरदैलो अभियान अन्तरगत त्रिवेणीचोकमा सभालाई सम्वोधन गर्दै उम्मेद्वार पोखरेलले,‘खोटाङका नेताहरु केन्द्रमा नपुगेका हैनन् । उनीहरु बोल्न नसकेका हुन् । वोल्न नसक्दा जिल्लालाई सधै अरुको विकास हेरेर वस्न बाध्य बनाएको बताए ।’

जिल्लाका लागि बिकासमा बजेट आएको हुन्छ, त्यसमा उनीहरु न त थपि माग्छन्, न बोल्छन्, जती पाउँछन् लिएर आफुलाई नाफा राखेर जनतालाई दिन्छन् अनि कसरी हुन्छ विकास उनले जनसभामा उपस्थित जनतालाई सचेत गराउन प्रश्न राखे । 

सोलुखुम्बु, भोजपुर, ओखलढुंगामा रातारात विकास भईरहंदा खोटाङको बिकास शुन्य हुंदा हजारौ युवायुवतीहरु मुसलमानको देशमा गुलामी गर्न जानु परेको तितो यथार्थ बताउदै अब त्यस्तो स्थिती आउन नदिने प्रतिबद्धता जनाए । जनताले आफुलाई जिताएर केन्द्रमा पठाए सबैभन्दा पहिला जिल्लालाई संमृद्ध बनाउने घोषणा गरेका छन् । जसका लागि नेता पोखरेलले सहयोग गर्न सवै स्थानिय जनतालाई आग्रह गरेका छन् ।

मौन अवधिको समय नजिकिदै गर्दा जिल्लामा लोकतान्त्रिक गठबन्धन, नयाँ शक्ति, संघिय समाजवादी फोरम, बाम गठबन्धनले सक्दो घरदैलो अभियान दु्रत गतीमा गरीरहेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan