Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वामपन्थीको सरकारले देशको मुहार फेरिने : अधिकारी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ७ बिहिबार
newsabhiyan
newsabhiyan

पथरी, ७ मंसिर ।  नेकपा एमालेका नेता भरतमोहन अधिकारीले वामगठवन्धनको सरकारले ५ वर्षभित्र देशको मुहार फेर्न सक्ने बताउनु भएको छ ।

 शारीरिक रुपमा अस्वस्थ भई राजनीतिक हिसावले यसबेला सक्रिय नभएपनि निर्वाचनको माहौल बढाउन भन्दै वाम गठवन्धनको घरदैलो कार्यक्रममा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतको पथरीशनिश्चरे आइपुग्नु भएका अधिकारीले सो कुरा बताउनु भएको हो ।     

उपप्रधानमन्त्री र अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएका उहाँले पथरीशनिश्चरे १० को पशुपतिनगरमा आज आयोजित कोणसभामा बोल्दै अस्थिर राजनीतिका कारण मुलुकको विकास हुन नसकेको जनाउँदै वामपन्थीहरुको स्थीर सरकार निर्माण गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो ।     

उहाँले आफुले लगातार २ पटक निर्वाचन जितेर गाउँ गाउँमा रकम पठाएको, महिला, ज्येष्ठहरुलाई भत्ताको व्यवस्था गरेर गाउँको मुहार फेर्ने कामको सुरुवात गरेकोमा त्यस कामलाई पूर्ण बनाउन भानुभक्त ढकाल आउनु भएकोभन्दै ढकाललाई जितको शुभकामना दिनुभयो ।      

कोणसभामा बोल्दै उम्मेदवार ढकालले आफ्नो क्षेत्रमा आदिवासीजनजातिको प्रतिष्ठान एवम् सांस्कृतिक संग्रहालय निर्माण, खोलाको व्यवस्थित तटवन्धन, पर्यटन प्रवद्र्धन, सुकुम्बासी र दोहोरो स्वामित्वको समस्या समाधान गरी चौतर्फी विकासको लहर ल्याउने बताउनु भयो ।      

कोणसभामा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार जहरमान लिम्बू, एमाले जिल्ला सचिवालय सदस्य टंक भण्डारी, प्रदेश क का प्रदेशसभा उम्मेदवार गीता तिम्सिना, समानुपातिक उम्मेदवार सुशीला घिमिरेले ढाँटको राजनीतिको पछिनलागी वाम गठवन्धनको समाजवाद उम्मुख कार्यनीतिको पछि लागी भोट दिन मतदातालाई आग्रह गर्नुभयो ।     

करिव २ हजारको संख्यामा उत्साहपूर्वक उपस्थिती रहेको घरदैलोमा, एमालेका पूर्व सांसद हर्कमान तामाङ, निवर्तमान सांसद चण्डीप्रसाद राई, मधु गुरुङ, माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार जहरमान लिम्बू, नेपालका वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ सहित एमाले र माओवादीका नेता कार्यकर्ता सहभागि भई १० र ९ नम्वर वडामा घरदैलो सम्पन्न भएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan