Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखरालाई खेलकुदको राजधानी बनाउने प्रतिबद्धता

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ७ बिहिबार
newsabhiyan

पोखरा, ७ मंसिर (रासस) ः नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार रवीन्द्र अधिकारीले पोखरालाई खेलकुदको राजधानी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

एमाले र माओवादी केन्द्रका खेलाडी संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले पोखरामा खेलकुदका धेरै पूर्वाधार निर्माण गरी पोखरालाई अन्तर्राष्ट्रियस्तरमै चिनाउने गरी काम गरिने बताउनुभयो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्वअध्यक्ष समेत रहेका प्रदेशसभा क्षेत्र नं १ (क) का उम्मेदार दीपक कोइरालाले खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने गरी काम गरिने बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं २ (ख) का उम्मेदवार राजकाजी गुरुङ, (क) का उम्मेदवार कृष्ण थापाले वामपन्थी सरकार बनेपछि योजनाबद्ध ढंगले खेलकुद क्षेत्रको विकास गर्ने दृढता व्यक्त गर्नुभयो ।

यसैबीच प्रतिनिधिसभाका क्षेत्र नं १ का उम्मेदवार खगराज अधिकारीले पोखरा–लेखनाथको पचभैयामा आज आयोजित चुनावी सभामा जनतालाई विकास र समृद्धि दिनका लागि वाम गठबन्धन बनेको धारणा व्यक्त गर्नुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan