Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

युवा नीति कार्यान्वयनमा जोडदिनुपर्छः मन्त्री केसी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ७ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौँ, ७ मंसिर (रासस) : युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले युवा सशक्तीकरणका लागि युवा नीतिलाई अझ प्रभावकारी कार्यान्वयनमा ल्याउन निर्दशन दिनुभएको छ ।

मन्त्रालयद्वारा आज यहाँ आयोजित “युवा विकासमा कार्यारत गैरसकारी संस्थाका प्रतिनिधिको समन्वय बैठक” मा उहाँले स्वदेशभित्र नै युवाका सीप, दक्षताअनुसारको प्रतिभा विकास गर्न युवा नीतिले सहयोग पुग्ने हुँदा यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

मन्त्री केसीले मन्त्रालयले युवा परिषद्मार्फत युवाका कार्यक्रम सञ्चालनमा ल्याइरहेको चर्चा गर्दै संघीय संचनाअनुसार परिषद् विस्तार हुनुपर्ने, युवा लक्षित कार्यक्रमलाई उत्पादन र श्रमसँग जोड्न पनि मातहतका निकायलाई निर्देशन दिनुभएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयका सचिव महेश्वरप्रसाद दाहालले आर्थिक समृद्धिका लागि युवा परिचालन गर्न मन्त्रालयले आफ्ना कार्यक्रममार्पmत जोड दिएको चर्चा गर्दै गैरसरकारी संस्थाका कार्यक्रम पनि युवा लक्षित हुनुपर्छ भन्नुभयो ।

मन्त्रालयका उपसचिव महेन्द्रप्रसाद पौडेलले युवा परिचालनका अवस्था र राष्ट्रिय युवा परिषद्को संरचना तथा राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख मुक्तिसिंह ठकुरीले परिषद्का कार्यक्रम बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan