Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७४ साल मङ्सीर ८ गते शुक्रवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ८ शुक्रबार
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३८ । योग सं. ३८ । मङ्सीर महिनाको ८ गते शुक्रवार ।
अँग्रजी मितिः ई.सं. २०१७ नोभेम्बर महिनाको २४ तारिख ।
तथीः दक्षिणायन, हेमन्त ऋतु मार्गशीर्ष शुक्ल्पक्षको षष्ठी तिथी ।
योगः वृद्धि योग ।
नक्षत्रः उत्तराषाढा नक्षत्र, ०७ः३९ बजेपछि श्रवण नक्षत्र ।
करणः कौलव करण १४ः५८ बजेसम्म उपरान्त तैतिल करण ।
चन्द्रमाः  मकर राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः३३ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः०७ बजे ।
राहुकालः १०ः३० बजेपछि ११ः५० बजेसम्म ।
यात्राः पूर्व एवंं दक्षिण दिशाको लागि उपयुक्त ।


आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन अबरोधको बाबजुत पनि केही महत्त्वपूर्ण उपलब्धि गर्न सकिने छ । राज्यको निकायबाट आवश्यक काम लिन सकिनेछ । मान–सम्मान र उच्च संपर्क विस्तार हुनसक्ने सम्भावना पनि रहेको छ । पेशा तथा व्यवसायको स्तरबृद्धि हुनाले आर्थिक लाभ पनि हुनेछ । राजनीतिक तथा समाजसेवाका कार्यमा जिम्मेवारी मिल्नसक्ने छ । नयाँ  कार्यको प्रस्ताव आउन पनि सक्नेछ । आज यहाँलाई रातो रङ्ग, एक अंक शुभ हुनेछ भने अबरोध निवृतिको लागि भगवान माँ भुवनेश्वरीको साथमा भैरवदेवको दर्शन भक्ति गर्नाले हित हुने । 

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन सुधार भएर आएको छ । भाग्यको बृद्धि हुने तथा मनमा सात्त्विक विचारले प्रसय पाउने र धार्मिक कार्य सम्पादन हुनेछ । धार्मिक एवम् आध्यात्मिक उत्प्रेरणाको बलले दैनिक व्यवहारमा समेत मद्दत पुर्याउने छ । व्यवसायिक कार्यमा सफलता मिल्नाले आँट बढ्नेछ । नोकरी आदिमा आएका अबरोधहरु पनि हट्ने र जिम्मेवारी एवम् भूमिका थप हुनसक्ने छ । आज यहाँको लागि नौ अंक, पहेंलो रङ्गको प्रयोग शुभ हुनेछ भने गुरुजनको आर्शिवाद फापकर हुनेछ ।


मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन केही संघर्ष गर्न पर्ने खालको देखिएको छ । स्वास्थ्यमा समस्या आउनसक्ने ग्रहगोचर रहेकोले आहारविहारमा ख्याल पुर्याउनु पर्ला । शत्रुपक्ष सक्रिय हुनसक्ने र कार्यक्षेत्रमा पनि केही अबरोधको सामना गर्नुपर्ने हुनसक्छ जसको लागि सकारात्मक सोँचको विकास गर्नु तथा धैर्य र संयमको अभ्यास गर्नाले अन्तिममा केही सहज हुने देखिन्छ । सावधानि पूर्वक गरिने कार्यबाट केही लाभ पनि हुनेछ । आठ अंक, रातो रङ्ग आज यहाँको लागि शुभ रहनेछ भने बाधाबिघ्न निवारणको लागि दीनदुःखी तथा रोगीको सेवा गर्नु उपयुक्त हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन अवसर प्राप्त हुनेछ जसलाई सदुपयोग गर्न भने सक्नु पर्नेछ । दाम्पत्यजीवन तथा प्रेमसम्बन्धमा प्रगाढता छाउने छ । व्यवहारिक कुशलताको विकास हुनेछ भने व्यवसायमा उन्नति हुनगइ लाभ मिल्नेछ । गुरुजनको आर्शिवाद तथा आज्ञा लिएर अघि बढ्नाले विशेष काम बनाउन सहज हुनेछ । नातासम्बन्ध एवं आफन्तजनबाट सहयोग प्राप्त हुनेछ । सात अङ्क, सेतो रङ्गको प्रयोग र माँ इन्द्रायणीको स्तुति आज तपाईको लागि फापकर हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन शुक्रग्रहको केही अबरोधको बाबजुत पनि पुरुषार्थ बढ्ने दिन देखिएको छ । महत्त्वपूर्ण काम सम्पादन गर्दा शुक्र बाधा निवारणको कुनै उपाय अवलम्बन गर्नु उपयुक्त हुनेछ । उन्माद्लाई संयम गरेर समयको सदुपयोगपूर्वक स्वकर्ममा केन्द्रित हुनसकेमा केही कार्यहरु संपादन गर्न सकिनेछ । विपक्षीसँग रणनीतिक सम्झौता गर्नुले पनि फाइदा गर्नेछ  । व्यवसायमा लक्ष्मीको कृपा प्राप्त हुने र आर्थिकभार हल्टो हुनेछ । आज यहाँलाई छ अंक, हरियो तथा निलो रङ्ग शुभ हुनेछ भने कुमारी बालिकालाई दान दिनु पूण्यप्रद हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन ज्ञानप्रधान रहेको छ । विद्वान जनसँग ज्ञानगुन सिक्ने तथा विद्यार्जन गर्ने कामले सार्थकता पाउने छ । अध्ययन अध्यापन तथा ज्ञानविज्ञानको क्षेत्रमा आजको दिन बढी उपयोगी रहनसक्ने छ । यहाँको बुद्धिविवेकले सही काम गर्नसक्ने र मान्छेहरुबाट प्रशंसा पनि मिल्न सक्नेछ । सैद्धान्तिक पक्षमा अडान लिनुले प्रख्याति बढाउन मद्दत गर्नेछ । व्यवसायमा प्रगति र आर्थिक लाभको पनि योग छ । आज यहाँलाई पाँच अंक, रातो रङ्ग शुभ हुनेछ भने भगवान श्री हनुमानदेवको दर्शनभक्ति एवं उपाशना गर्नु हितकर हुनेछ ।


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन सावधानी अप्नाउनु पर्नेछ । आवश्यकभन्दा बढी विषयमा सरोकार राख्दा मनमुटावको बातावरण सृजना हुनसक्ने भएकोले होसियारी जरुरी हुनेछ । मानसिक संकोच बढ्नसक्ने, पारिवारिक भार तथा समस्या थपिने र अभाव खट्किन सक्ने आदि सम्भावना पनि देखिएको छ, सकारात्मक तरिकाले सामाना गर्न मानसिक तयारी गर्नु बुद्धिमानी हुनेछ । केही आलोेचना पनि आउनसक्ने भएकोले सहनशक्ति बढाउनु उपयुक्त हुनेछ । ग्रह परिस्थितिलाई बुझेर सावधानि अप्नाई चल्दा सामान्य दिनचर्या व्यतित गर्न सकिने छ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन पराक्रम बढेर आएकोले सानातिना काममा सहजै सफलता मिल्ने छ भने नविन कार्ययोजनाको जमर्को हुने तथा प्रस्ताव पनि आउनसक्ने छ । उत्साह तथा उमङ्गिलो दिन परेकोले समयको सदुपयोग गर्नाले व्यवसायमा प्रगती तथा लाभ हातपार्न सकिने छ । सहयोग पनि प्राप्त हुनेछ । साथै परिश्रमले सफल भैनेछ । खेलकुद आदि प्रतिस्पर्धामा सफलता मिल्ने छ भने अभिष्ट कार्यसिद्धि हुनेछ । दाजुभाईबीचको द्वन्द पनि सुल्झने छ । आज तीन अङ्क, हरियो रङ्गको प्रयोग माँ सन्तोषीको श्रद्धाभक्ति गर्नु तपाईको लागि शुभप्रद हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन सकारात्मक नै देखिएको छ । बोलीवचनको प्रभावले मान्छेहरुको मन जित्न सकिनेछ । व्यवसायिक कार्यमा प्रगति र आर्थिक सुधार हुन गई कोष बृद्धि हुनेछ । परोपकार एवम् समाजसेवाका कार्यमा पनि सरिक हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्ब सम्बन्ध विस्तार हुनेछ । कलासंगीतकर्मीको लागि दिन विशेष सफलता दिने खालको रहेको छ । आज यहाँको लागि दुई अंक, सेतो रंग उपयुक्त रहने छ भने मान्यजनको सेवा गर्नु तथा सल्लाहसुझाव लिनु हितप्रद हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन अनुकूल रहेको छ । व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख शान्ति र मानप्रतिष्ठा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य पूर्ण गर्न तथा अभिष्ट कार्यमा सफलता प्राप्त गर्न सकिने छ । सामान्यतया कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने छ । नयाँ कार्यमा लगानीको सम्भावना पनि देखिन्छ । आज यहाँलाई एक अंक, रातो रङ्गको प्रयोग फापकर हुनेछ भने सूर्यनमस्कार साधना गर्नु तथा कुमारीदेवीको दर्शन भक्ति फापकर हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन संघर्षको अनुभूति गराउने खालको रहेको छ । साविकभन्दा बढी कोसिस गरेर मात्रै काम सुल्झाउन सकिएला । खर्चका बहानाहरु बढ्नसक्ने र काममा पनि केही झमेला तथा ब्याबधान आउनसक्ने सम्भावना छ । झुटो आरोपको पनि सम्भावना भएकोले सावधानीपूर्वक आवश्यकमात्रै जनव्यवहारमा चेष्टा गर्नु पर्ला । हतारभन्दा पनि सोँचविचार गरेर मात्रै प्रस्तुत हुनु बुद्धिमानी हुनेछ । बुद्धि र संयमको अभ्यासले परिणाम आफ्नो पक्षमा ल्याउन र आकस्मिक केही लाभ एवं उपलब्धि हासिल गर्न सकिनेछ । आज यहाँलाई तीन अंक, पहेंलो रङ्ग र माँ भुवनेश्वरीको सेवा आराधना शुभकर हुने छ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन आयप्रद देखिएको छ । स्वकार्यमा रत्रहनाले तथा समयको सदुपयोग गर्नाले व्यवसायबाट राम्रो उपलब्धि लिनसकिने छ । औकात एवम् स्तर अनुसार समाजसेवा, राजनीति एवम् जागिर आदिमा प्रगति हुनेछ । सामाजिक प्रतिष्ठा तथा आत्मबल एवम् यशकृति बृद्धि हुनाले सुख र सन्तुष्टिको अनुभूति हुनेछ । प्रशंसक बढ्ने र आफन्तिको शुभसमाचार प्राप्त हुनेछ । सम्मानित यात्राको अवसर पनि मिल्नसक्ने सम्भावना देखिएको छ भने आज विवाह योग्य युवायुवतीको विवाहबन्धनको प्रसङ्ग चल्नसक्ने छ ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan