Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मौन अवधि सुरु,सञ्चारमाध्यमको हकमा के गर्न पाइन्छ, के गर्न पाइदैन ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ८ शुक्रबार
newsabhiyan

 काठमाडौँ, ८ मंसिर । पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अहिले मध्य राति १२ बजे लगत्तै मौन अवधि शुरु भएको छ ।

मौन अवधिमा निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, मतदाता र सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने व्यवस्था छ । दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा निर्वाचनको प्रचार प्रसार गर्न भने कुनै असर नपर्ने आयोगले जनाएको छ ।

मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने तथा यो अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाउनु पर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

मौन अवधिमा एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । 

सञ्चारमाध्यमको हकमा के गर्न पाइन्छ, के गर्न पाइदैन ?
मौन अवधि सुरु भैसकेपछि सञ्चारमाध्यमले कुनै पनि प्रचार प्रसारका सामग्री प्रकाशन प्रशारण गर्न पाइदैन । यस्तै कुनै दल या उम्मेदवारको प्रचार हुनेगरी सूचना या समाचार प्रवाह गर्न पाइदैन ।


यसपटक सञ्चारमाध्यमले  विशेष ध्यान दिनुपर्छ । २ चरणमा चुनाव हुने भएकाले मिडिया थप चनाखो हुनुपर्नेछ ।

पहिलो चरणमा आउँदो आइतबार हुने चुनावको लागि चुनाव हुने ३२ जिल्लाका मिडियाले त चुनावी प्रचार र दल या उम्मेदवारका समाचार प्रकासन प्रशारण गर्न पाउनेछैनन् नै, ति जिल्लासम्म पहुँच पुगेका र राष्ट्रिय सञ्जाल भएका रेडियो, टिभी, पत्रपत्रीकाले पनि चुनावी गतिविधि गर्न पाउने छैनन् ।

 काठमाडौं  र अन्य जिल्लाबाट प्रकासन प्रशारण हुने राष्ट्रिय मिडियाले दोस्रो चरणमा हुने चुनावको लागि पनि राजनितिक क्रियाकलाप र चुनावी प्रचार समेटिएका सामग्री प्रकाशन प्रशारण गर्न पाउनेछैनन ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan